कीवर्डहरू -

लुम्बिनीमा ड्राइभिङ लाइसेन्सको ट्रायल दिँदा अब बायोमेट्रिक गर्नुपर्ने

लुम्बिनीमा ड्राइभिङ लाइसेन्सको ट्रायल दिँदा अब बायोमेट्रिक गर्नुपर्ने

लुम्बिनी प्रदेशमा अब ड्राइभिङ लाइसेन्सको ट्रायल दिदा पनि बायोमेट्रीक गर्नुपर्ने भएको छ । लुम्बिनी प्रदेशको उद्योग तथा यातायात व्यवस्था मन्त्रालयले ट्रायल परीक्षा दिने बेलामा पनि बायोमेट्रिक हाजिर गराउने निर्णय गरेको हो ।

सवारी चालक अनुमतिपत्रकको ट्रायल दिने क्रममा पनि बायोमेट्रिल लिने निर्णय मन्त्रालयले गरेको छ । अहिलेसम्म सुरूमा मात्रै बायोमेट्रिक लिने व्यवस्था छ । ट्रायल दिदा बायोमेट्रिक गर्नुपर्दैन् ।

त्यसकारण लिखित दिन एउटा आउने र ट्रायल दिन अर्को आउने समस्या देखिएपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । ट्रायल परीक्षामा पनि बायोमेट्रिक दिनुपर्ने भएपछि त्यो समस्या हल हुने विश्वास गरिएको छ ।