डोनाल्ड ट्रम्पले सोमबार अमेरिकाको ४७औं राष्ट्रपति रूपमा कार्यभार सम्हालेका छन् । यस समारोहमा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूलाई आमन्त्रित गरिएको थियो । यसमा गूगलका सीईओ सुन्दर पिचाई र टेस्लाका मालिक एलन मस्क पनि सहभागी भएका थिए ।
अमेरिकाका सबैभन्दा ठूला टेक लिडर्स—फेसबुक पेरेंट मेटाका सीईओ मार्क जुकरबर्ग, अमेजनका संस्थापक जेफ बेजोस, एपलका सीईओ टिम कुक, गूगलका सीईओ सुन्दर पिचाई, र टेस्ला तथा स्टारलिंकका सीईओ एलन मस्क ट्रम्पको कार्यक्रममा पुगेका थिए ।
शपथ ग्रहण कार्यक्रममा अमेरिकाका सबैभन्दा ठूला टेक कम्पनीका सीईओहरू लगभग ट्रम्प परिवारको छेउमा बसेका थिए । ट्रम्पको शपथ ग्रहण समारोहमा पिचाइ र मस्क आफ्नो फोनमा व्यवस्त देखिन्थे । यसले धेरैको ध्यान समेत खिचेको थियो ।
उक्त कार्यक्रममा गूगलका सीईओ सुन्दर पिचाईले आफ्नो कम्पनीको नयाँ पिक्सल सिरिज फोन – पिक्सेल ९ (वा पिक्सेल ९ एक्सएल) प्रयोग गरिरहेको देखियो । त्यस्तै, एलन मस्कको हातमा आईफोन १६ प्रो थियो ।