कीवर्डहरू -

के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक

के तपाईको आईफोनले आईओएस १८ अपडेट पाउनेछ? यी २४ मोडेलहरूमा हुनसक्छ सार्वजनिक

एप्पलले यसै वर्ष जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडब्लुडीसी) मा आफ्नो नयाँ अपरेटिङ सिस्टम आईओएस १८ लन्च गर्ने भएको छ ।

हरेक वर्ष जस्तै, आइओएस १८ अपडेट सेप्टेम्बरमा आउने नयाँ आईफोनहरूमा पहिले देख्न सकिन्छ र केही दिन पछि अन्य उपकरणहरूमा आउनेछ । यद्यपि, आईओएस १८ को आधिकारिक घोषणा हुनु अघि नै, एक लीकले यो वर्ष पछि कुन आईफोन मोडेलहरूले आईओएस १८ अपडेट प्राप्त गर्न सक्ने खुलासा गरेको छ ।

अब स्मार्टफोन कम्पनीहरूबीच कसले आफ्नो फोनलाई लामो समयसम्म अपडेट गर्छ भन्ने बहसको विषय बनेको छ । यो गत वर्ष गुगलले आफ्नो पिक्सेल ८ शृङ्खलाका लागि ७ वर्षका लागि अद्यावधिकहरू उपलब्ध गराउने वाचाको साथ सुरु गरेको थियो ।

यसपछि, सामसङले ग्यालेक्सी एस२३ सिरिजका लागि ४ वर्षको वाचा गर्याे र ग्यालेक्सी एस२४ सिरिजका लागि ७ वर्षमा बढाउने घोषणा गरेको छ । अर्कोतर्फ, एप्पलले आफ्ना फ्ल्यागशिप फोनहरू कति वर्षसम्म अपडेट गर्ने भन्ने कुरा भने नखुलेको तर पछिल्ला केही वर्षमा एप्पलले एन्ड्रोइड कम्पनीको तुलनामा धेरै समयका लागि आफ्ना फोन अपडेट गरेको निश्चित छ ।

कुन उपकरणहरूमा आईओएस १८ अपडेट उपलब्ध हुन सक्छ?

  • आईफोन १५
  • आईफोन १५ प्लस
  • आईफोन १५ प्रो
  • आईफोन १५ प्रो म्याक्स
  • आईफोन १४
  • आईफोन १४ प्लस
  • आईफोन १४ प्रो
  • आईफोन १४ प्रो म्याक्स
  • आईफोन १३
  • आईफोन १३ मिनी
  • आईफोन १३ प्रो
  • आईफोन १३ प्रो म्याक्स
  • आईफोन १२
  • आईफोन १२ मिनी
  • आईफोन १२ प्रो
  • आईफोन १२ प्रो म्याक्स
  • आईफोन ११ 
  • आईफोन ११ प्रो
  • आईफोन ११ प्रो म्याक्स
  • आईफोन एक्सएस
  • आईफोन एक्सआर
  • आईफोन एसइ (दोस्रो पुस्ता)
  • आईफोन एसइ (तेस्रो पुस्ता)