कीवर्डहरू -

इसेवामा प्राविधिक समस्या आउँदा सम्पूर्ण सेवा अवरूद्ध

इसेवामा प्राविधिक समस्या आउँदा सम्पूर्ण सेवा अवरूद्ध

डिजिटल वालेट कम्पनी इसेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा इसेवाका सेवाहरू अवरूद्ध भएको इसेवाले जानकारी दिएको छ । 

समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको इसेवाको भनाइ छ । ग्राहकवर्ग, इसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका कम्पनीले क्षमा समेत मागेको छ । 

इसेवाको सूचनामा भनिएको छ, ‘केही प्राविधिक समस्याका कारण इसेवाको सेवाहरू अवरुद्ध हुन पुगेकोमा यसबाट यहाँहरूमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी  छौँ। हाम्रो प्राविधिक टोली यस समस्याको शीघ्र समाधान खोजी सम्पूर्ण सेवालाई संचालनमा ल्याउनको लागि कार्यरत छन्। यसबाट हाम्रा आदरणीय ग्राहकवर्ग, इसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ।’