साओमीले नेपाली ग्राहकहरुका लागि जुलाई ज्याकपट अफर सुरू गरेको छ । अफर अन्तर्गत ग्राहकहरूले रेड्मी नोट १३ सिरिज मोडेलहरूमा ४ हजार रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस फाइभजीमा १ जुलाईदेखि ३१ जुलाईसम्म साओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सकिने छ ।
साओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।
ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस फाइभजीमा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरूको आनन्द लिन सक्ने कम्पनीको दाबी छ ।
६ प्लस १२८ जीबी र ८ प्लस २५६ जीबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल एआई क्यामरा रहेको छ ।
त्यसैगरी रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८ प्लस २५६ जीबी स्टोरेज र १२ जीबी प्लस ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ प्लस २५६ जीबी स्टोरेज र १२ जीबी प्लस ५१२ जीबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
रेड्मी नोट १३ मा अफर
६ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको रेड्मी नोट १३ को अफर मूल्य २३ हजार ९९९ रूपैयाँ तोकिएको छ । वास्तविक मूल्य २४ हजार ९९९ रूपैयाँ रहेको छ ।
यस्तै ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको रेड्मी नोट १३ को अफर मूल्य २६ हजार ९९९ रूपैयाँ रहेको छ । यसको वास्तविक मूल्य २७ हजार ९९९ रूपैयाँ रहेको छ ।
रेड्मी नोट १३ प्रो
८ जीबी र्याम र २५६ जीबी स्टोरेज रेड्मी नोट १३ प्रोको अफर मूल्य ३२ हजार ९९९ रूपैयाँ रहेको छ । यसको वास्तविक मूल्य ३४ हजार ९९९ रूपैयाँ रहेको छ ।
त्यस्तै १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको रेड्मी नोट १३ प्रोको अफर मूल्य ३५ हजार ९९९ रूपैयाँ तोकिएको छ । यसको वास्तविक मूल्य ३९ हजार ९९९ रूपैयाँ रहेको छ ।
रेड्मी नोट १३ प्रो प्लस फाइभजी
८ जीबी र्याम र २५६ जीबी स्टोरेज रहेको रेड्मी नोट १३ प्रो प्लस फाइभजीको अफर मूल्य ४५ हजार ९९९ रूपैयाँ रहेको छ । यसको वास्तविक मूल्य भने ४७ हजार ९९९ रूपैयाँ रहेको छ ।
त्यसैगरी १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको ड्मी नोट १३ प्रो प्लस फाइभजीको अफर मूल्य ५० हजार ९९९ रूपैयाँ रहेको छ, जसको वास्तविक मूल्य ५२ हजार ९९९ रूपैयाँ छ ।