कीवर्डहरू -

नेपालमा योरपेस किप फिट सर्किट कार्यक्रम गर्दै इन्ड्राइभ

नेपालमा योरपेस किप फिट सर्किट कार्यक्रम गर्दै इन्ड्राइभ

इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल (YourPace Keep Fit Circuit Nepal) कार्यक्रम सुरू भएको छ । सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले इन्ड्राइभले योरपेस तालिम डिजाइन गरेको हो ।  

मे २ देखि सेप्टेम्बर २५ (वैशाख २० गतेदेखि असोज ९ गते) सम्म चल्ने यो रनिङ्ग प्रोग्राम नेपालमा हेल्थ एण्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन रहेको कम्पनीले जनाएको छ ।

यसमा काठमाडौं (दशरथ रंगशाला, स्वयम्भू), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग ४५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिनेछ र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

इन्ड्राइभका हेड अफ स्पोर्ट, अन्ना फेडोरचुकले मानिसहरूलाई स्वास्थ्य र फिटनेसमा प्रेरित गर्नु र त्यसको लागि सशक्त बनाउँदै स्वस्थ समुदाय निर्माण गर्नु रहेको बताइन् । 

निःशुल्क सहभागी हुन सकिने कार्यक्रममा सहभागीहरू ब्रान्डेड टी–शर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६ औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् ।