कीवर्डहरू -

सञ्चार र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने कर्णाली सरकारको घोषणा

सञ्चार र सूचना प्रविधि क्षेत्रमा लगानी विस्तार गर्ने कर्णाली सरकारको घोषणा

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेश मातहतका कर्मचारीहरूको सुरू तलब स्केलमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी साउन १ गतेदेखि लागू हुने गरी तलब वृद्धि गरिएको जानकारी दिए ।

बजेटअनुसार कर्मचारीले हाल पाइरहेको महँगी भत्ता तथा कर्णाली प्रोत्साहन भत्तालाई निरन्तरता दिइएको छ । साथै, नयाँ तलब स्केलको १० प्रतिशत बराबर मासिक प्रोत्साहन भत्ताको व्यवस्था समेत गरिएको छ ।

प्रदेश सरकारले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राख्न, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा दक्ष जनशक्ति टिकाइराख्न तलब तथा भत्ता व्यवस्थामा सुधार गरिएको जनाएको छ ।

त्यस्तै, दरबन्दीमा कार्यरत करार सेवाका कर्मचारीलाई पनि स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराइने व्यवस्था बजेटमा समावेश गरिएको छ । यस कदमले करार सेवामा रहेका कर्मचारीलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच, प्रदेश सरकारले सञ्चार तथा सूचना प्रविधि क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । बजेट वक्तव्यको बुँदा नम्बर १४४ अनुसार आमसञ्चार र पत्रकारिता विषयमा छात्रवृत्ति, पुरस्कार तथा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरिएको छ । साथै स्थानीय तथा प्रदेशस्तरीय सञ्चार माध्यमको प्रवर्द्धनका लागि लोककल्याणकारी विज्ञापनको रकममा वृद्धि गरिएको उल्लेख छ ।

बजेटको बुँदा नम्बर १४५ मा प्रदेशको नीति, योजना तथा कार्यक्रमसँग आबद्ध गरी सञ्चालन गरिने विकास साझेदारहरूको सहयोगलाई बजेट प्रणालीभित्र समेट्ने तथा सहायता परिचालनको अभिलेख व्यवस्थित रूपमा राख्ने व्यवस्था गरिएको जनाइएको छ । प्रदेश सरकारले सार्वजनिक सेवा सुदृढीकरण, कर्मचारी प्रोत्साहन तथा सञ्चार क्षेत्रको विकासलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट ल्याएको जनाएको छ ।

null