डिजिटल नेपाल
विदेशी डिग्री \'छ्यापछ्याप्ती\'
नेपालमा प्राविधिक र अन्तर्रािष्ट्रय पाठ्यक्रमअनुसारको शैक्षिक कार्यक्रम पढ्न चाहने विद्यार्थीको संख्या बढेको छ । विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालित कलेजहरुले ल्याएका चर्चित पाठ्यक्रममा विद्यार्थीको आकर्षण बढेसँगै स्वदेशमै उच्चस्तरका डिग्री सहजै उपलब्ध हुन थालेका छन् ।
यस्ता डिग्री नेपालमै बसेर वा इच्छा लागे सम्बन्धित विश्वविद्यालयमै गएर पढ्न पाइने भएकाले केही महँगो शुल्क तिरेर भएपनि विदेशी डिग्रीमा विद्यार्थी र अभिाभावक आकर्षित भएका हुन् । तर, यो शुल्क विदेशमा गई अध्ययन गर्दा लाग्ने कुल खर्चको सरदर १० देखि १५ प्रतिशत रकममात्रै भएकाले पछिल्लो विद्यार्थी पुस्ताको रोजाइ परिरहेको छ ।
हाल नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धनमा ९४ शिक्षण संस्था सञ्चालनमा रहेको शिक्षा मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यसमध्ये केही संस्थाले शैक्षिक कार्यक्रम बन्द गरेका छन् भने केही संस्थाको मन्त्रालयले अनमति रद्ध समेत गरेको छ ।
तीमध्ये स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने कलेजको संख्या ३० को हारहारीमा छ । यी कतिपय कलेजमा भर्ना हुन टोफल, आईईएलटीएस, स्याट, जीम्याटजस्ता अङ्ग्रेजी भाषापरीक्षा दिनुपर्ने हुन्छ भने कतिपयमा इन्ट्रान्स एक्जाम र इन्टर्नल एक्जामलाई आधार बनाइन्छ ।
नेपालमा विदेशी विश्वविद्यालयका बीबीए, बीकम, बीएस्सी एफडी, बीटीएम, बीएस्सी बीटी, बीएचएम, बीएजेएम, बीएस्सी आईटी, बीएस्सी कम्प्युटिङ, बीसीए, बीएस्सी मल्टिमिडिया टेक्नोलोजी, बीबीएमलगायत विषय उपलब्ध गराएका छन् ।
शिक्षा मन्त्रालयले मलेसिया, सिंगापुर, भारत, यूके, अमेरिका, स्विट्जरल्यान्ड, अस्ट्रिया, अस्ट्रेलिया, फिलिपिन्स र थाइल्यान्डका विश्वविद्यालयका सम्बन्धन प्राप्त कलेजलाई अनुमति दिएको छ । यसमध्ये करिब एक दर्जन शिक्षण संस्थाले विदेशी आइटी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
नेपालमा आइटीको विदेशी डिग्री
नेपालमा पहिलो पटक लर्डबद्ध एजकेशन फाउन्डेशनले विदेशको आइटी शिक्षा भित्र्याएको हो । यसपछि मात्र शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाका डिग्रीहरूको बढ्दो आकर्षणलाई मध्यनजरमा राख्दै विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९ सालमा ल्यायो ।
यो निर्देशिकामा विदेशी शिक्षण संस्थाहरूलाई मान्यता प्रदान गर्न, नियमन तथा व्यवस्थित गर्ने उल्लेख छ । यसपछि भने आइटीमा पनि अन्य कोर्श आउने क्रम सरु भएको हो । विसं २०६३ सालबाट नेपालमा विदेशी शिक्षण संस्थाहरूबाट सम्बन्धन लिएर नेपालमा विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने कलेजहरूको संख्यामा वृद्धि आयो । अहिले दर्जन बढी आइटी कलेजहरु बिदेशी सम्बन्धनमा चलेका छन् । काठमाडौँमा मात्र नभएर प्रदेश उन्मुख शहरहरुमा सजिलो उपलब्ध हुन थालेका छन् ।
नेपालमा भारतीय विश्वविद्यालय एवं संस्थाका आइटी कार्यक्रमहरु रेगलर र डिस्टान्स मोडमा सञ्चालन हन थाल्यो । यसपछि इस्लिगटन कलेजले पहिलो पटक नेपालमा ब्रिटिश डिग्री सरु गर्यो भने सफ्टवारिका, ब्रिटिश कलेज, इन्फर्मेटिक्स कलेज (सिंगापुर), दी ब्रिटिश कलेज, नामी कलेज, आइएसएमटी लगायतले ब्रिटिश डिग्री भित्र्याए । साथै नेपालमा विसं. २०७२ मा मन्त्रालयले यो निर्देशिका पहिलो पटक परिमार्जन गरेको थियो भने ०७४ भदौमा दोस्रो पटक परिमार्जन गरेको छ ।
शिक्षा मन्त्रालयको जेठ २०७४ सम्मको तथ्यांकअनुसार नेपालमा विदेशी विश्वविद्यालय अथवा विदेशी शिक्षणसंस्थाबाट सम्बन्धन लिई विभिन्न तह र विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाको संख्या ९४ पुगेको छ । आइटीसँग सम्बन्धित शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने कलेजको संख्या एक दर्जनजति छ ।
धेरैजसो आइटी पढाउने कलेजहरूले बेलायती विश्वविद्यालयको फ्रेन्चाइज इन्स्टिच्युटका रूपमा अध्यापन गराउँदै आएका छन् । यस्ता कलेजहरूमा द ब्रिटिश कलेज, इस्लिङ्टन कलेज र सफ्टवेरिका कलेज,आइएसएमटी,नामी कलेज, टेक्सास कलेज लगायत रहेका छन् । यसैगरी केही कलेज तथा शिक्षण संस्थाहरूले भारतीय तथा मलेसियन विश्वविद्यालयका आइटी कोर्सहरू सञ्चालन गर्दै आएका छन् ।
तर, भारतीय विश्वविद्यालयका केही कार्यक्रम त्यहाँको सरकारले नै बन्द गराएकाले सो कार्यक्रम सम्बन्धन लिएर नेपालमा सञ्चालन भएका कलेजहरुले अन्य कार्यक्रम ल्याउन थालेका छन् ।
डिजिटल नेपाल
सम्भावना ई-कमर्समा
वेबमा अहिले सबैभन्दा लोकप्रिय बनेको छ, सपिङ । कुनै वस्तु वा सेवाको मार्केटिङ गर्ने उत्तम थलो नै अनलाइन बनिरहेकै बेला अनलाइनमै खरिदविक्री हुनु अचम्म रहेन ।…
राज्यमन्त्री विष्टले गरे एसआइसिटी नेपालको प्रशंसा, आइटी विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता
विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज विष्टले आइटी विद्याथीको पक्षमा न्यायपूर्ण व्यवस्था ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको वि…
माघ ११ देखि सुबिसु क्यान इन्फोटेक २०१८ हुने, भोलीदेखि स्टल बुकिङ खुला
आगामी माघ ११ देखि २४औं संस्करणको ‘सुबिसु क्यान इन्फोटेक २०१८’ सञ्चालन हुने भएको छ । क्यान महासंघको आयोजनामा हुने इन्फोटेक सूचना तथा सञ्चार प्रविधिको वृह…
आइटी विद्यार्थीलाई न्याय दिलाउन एसअाइसिटी नेपालले थाल्यो दबाबमुलक कार्यक्रम
सोसाइटी फर इन्फर्मेशन कम्युनिकेशन टेक्नोलोजी नेपाल (SICT Nepal)ले आइटी पढेका जनशक्तिलाई राज्यका अंगमा समानपूर्वक पहुँच दिलाउन दबाबमुलक कार्यक्रम थालेको छ…
देशभर आइटी अफिसर माग्दा आइटी विद्यार्थीलाई नै अन्याय
स्थानीय विकास मन्त्रालयले हालै सूचना प्रविधि अधिकृतका लागि गरेको दरबन्दी आह्वानमा सूचना प्रविधि पढिरहेका विद्यार्थीहरुलाई नै अन्याय गरिएको छ । त्रिभुवन विश्…
मोबाइल कम्प्युटिङ : हिजो, आज र भोली
शैलेश ज्ञवाली
ढुंगे युगको समयवाट आज मानवियता र मानव गतिको विकास २१ औ शताब्दीसम्म आइपुगेको छ । त्यो समयमा हामीले खाने र…
सुबिसु क्यान कमटेक २०१७ सम्पन्न
भदौ २९ देखि राजधानीको भृकुटीमण्डपमा आयोजित “सुबिसु क्यान कमटेक २०१७” सम्पन्न भएको छ । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्धेश्यले…
आइटी ट्रेनिङमा ब्रोडवे इन्फोसिसको फड्को
नेपालमा सूचना तथा प्रविधि (आइटी) क्षेत्रको विकासलाई ट्रेनिङ सेवा प्रदायक कम्पनीका रुपमा योगदान दिँदै अएको ब्रोडवे इन्फोसिस नेपालले आफ्नो स्थापनाको १० वर्ष …
कमटेकमा अवलोकनकर्ताको घुइँचो, आज अन्तिम दिन
राजधानीमा जारी “सुबिसु क्यान कमटेक २०१७” को हिजो तेस्रो दिन अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता रह्यो । सूचना तथा सञ्चार प्रविधिको विकास, विस्…