डिजिटल नेपाल
के हो बिसिए शैक्षिक कार्यक्रम ?
धेरैजसो विश्वविद्यालयका बिसिए कार्यक्रम पढ्न प्लस टु तहमा जुनसुकै संकाय भए पुग्छ । सामान्यतया यो चारवर्षे ग्य्राजुएसन डिग्रीका रुपमा चिनिन्छ । ‘यो कोर्स कम्प्युटर ल्याङ्ग्वेज, कम्प्युटर सिस्टम, एप्लिकेसन तथा सफट्वेयरको क्षेत्रमा काम गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको शैक्षिक कार्यक्रम हो,’ पोखरा विश्वविद्यालयको बिसिए कार्यक्रम पढाउने एनसिआइटीका प्रिन्सिपल निरञ्जन खकुरेलले भने ।
उनका अनुसार यो कोर्सले सैद्धान्तिक तथा प्रयोगात्मक दुवै पक्षबाट कम्प्युटर सिस्टम तथा एप्लिकेसनहरुमा काम गर्न सक्ने दक्ष जनशक्तिको उत्पादन गर्न सहयोग गर्दछ । ‘बिसिएले आइटीका साथै बिजनेश तथा एडमिनिस्ट्रेसनको पक्षलाई पनि समेट्ने भएकाले ग्य्राजुएटमा म्यानेजरियल क्षमता प्राप्त हुन्छ,’ त्रिभुवन विश्वविद्यालयको बिसिए कार्यक्रम पढाउने टेक्सास इन्टरनेसनल कलेजका कुमार पौडेलले भने ।
उच्च मावि तह (प्लस टु) सकेका विद्यार्थीका लागि आइटी तथा कम्प्युटिङ क्षेत्रमा काम गर्ने अवसर यस कोर्सले प्रदान गर्नुका साथै यसपछि एमसिए अर्थात् मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसिए), एमएससी आइटीलगायतका कोर्स अध्ययन गर्ने बाटो खुल्ने उनी बताउँछन् ।
बिसिएका सयभन्दा बढि कलेज
त्रिविले यो शैक्षिक सत्रदेखि मात्रै आफ्ना सम्बन्धनप्राप्त कलेजहरुमा यो विषयको स्वीकृति दिएको छ । तर, नेपालमा बिसिए कार्यक्रम धेरै पहिलेदेखि सञ्चालित छ । यसअघि लर्डबुद्ध एजुकेसन फाउन्डेसन, आइसिए (काडमाडौं)लगायतले भारतीय इन्स्टिच्युटका बिसिए कार्यक्रम ल्याएका थिए । यी तीनवर्षे कार्यक्रम थिए । हाल नेपालमा भारतीय बिसिए कार्यक्रम सञ्चालनमा छैनन् । स्वदेशी विश्वविद्यालयमा भने पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले बिसिए कार्यक्रम ल्यायो । उसले आफ्ना आंगिक क्याम्पस पुसेटमार्फत यो कोर्स सुरु गरेको थियो । केही वर्षअघिसम्म यो तीनवर्षे कार्यक्रम थियो भने अहिले चार वर्षको बनाइएको छ ।
यसपछि पोखरा विश्वविद्यालयले बिसिए कार्यक्रम ल्यायो । गत वर्षदेखि त्रिविले आफ्ना ६ आंगिक क्याम्पसबाट चार वर्षको बिसिए कार्यक्रम सुरु गरेको थियो भने यो शैक्षिक सत्रदेखि त्रिवि सम्बन्धनप्राप्त ‘मापदण्ड’ पुगेका १ सय १६ कलेजहरुमा यो कार्यक्रम सञ्चालन हुँदै छ । जुनुसुकै शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीहरुले पनि अध्ययन गर्न सक्ने गरी डिजाइन गरिएकाले कोर साइन्सको ब्याकग्राउन्ड नभएका विद्यार्थीका लागि पनि सूचना प्रविधिको क्षेत्रमा करिअर बनाउने बाटो बिसिएले दिएको छ ।
विश्वविद्यालय बिसिए सम्बन्धन प्राप्त कलेज
त्रिभुवन विश्वविद्यालय ११६
पूर्वाञ्चल विश्वविद्यालय ७
पोखरा विश्वविद्यालय ९
अन्य विश्वविद्यालय ५
डिजिटल नेपाल
स्टडी एडिलेडद्वारा नेपालमा २०२० ब्राण्ड एम्बेसेडर कार्यक्रमको घोषणा
महत्वकाङ्क्षी विद्यार्थीहरु सपोर्ट प्याकेज स्वरुप प्रति विद्यार्थी ५००० अष्ट्रेलियन डलर जित्ने अवसर प्राप्त गर्नेछन्
नेपाली विद्…
विदेश जाने विद्यार्थीहरुले अनलाईनबाटै एनओसी लिन सकिने
उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई एनओसी लिन सहज भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन सर्टिफिकेट ९एनओसी० लाई अनला…
एनसीसी बैंकद्वारा शिवपुरी माध्यमिक विधालयलाई रु ४ लाख आर्थिक सहयोग
एनसीसी बैंकले काठमाण्डौ जिल्लाको महाराजगञ्ज स्थित शिवपुरी माध्यमिक विधालयलाई यहि असोज १० गते (हिजो) रु. ४ लाख आर्…
नेपालमा सफ्टवेयर इञ्जिनियरिङ र यसको क्षेत्र
सरोज शाक्य
प्रविधिको प्रयोगले भइरहेका अकल्पनीय परिवर्तनहरूका पछाडि सफ्टवेयरको सबैभन्दा ठूलो भूमिका छ । कुरा गरिर…
द ब्रिटिस कलेजका ३२९ जना विद्यार्थी दीक्षित
काठमाडौँ। द ब्रिटिस कलेजले आयोजना गरेको पाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु …
इन्टरसफ्ट इन्साइड प्रालिले ल्यायो विद्यार्थीका लागि श्रव्य-दृश्य पाठ्यसामग्री
काठमाडौं। इन्टरसफ्ट इन्साइड प्रालिले कक्षा १० का विद्यार्थीलाई लक्षित गरेर श्रव्य-दृश्य पाठ्यस…
Reasons why students choose abroad studies for higher education
Looking back to the past years, we can easily estimate that the number of students going abroad has drastically increased. It is because getting i…
आइटीका शैक्षिक कार्यक्रमहरु
त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मूख्य आइटीकोर्सहरुमा बिएससी सिएसआइटी र बिआइटी रहेका छन् । पूर्वाञ्चल विश्वविद्यालयका स्नातक तहमा रहेका मूख्य आइटीकोर्सहरु …
एनसेल र पुलचोक क्याम्पस बिच छात्रवृति तथा उत्कृष्टता सम्मानलाई निरन्तरता दिने सम्झौता
काठमाडौं। एनसेल र पुलचोक क्याम्पस बिच एनसेल छात्रवृति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई थ…
डिजिटल लर्निङका १० रोचक तथ्यहरु
१. मोवाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टीभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक सस्थाले गरेर अध्ययनले जनाएको छ ।
कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपालबिच सम्झौता
संयूत्त राष्ट्र संघ दिगोबिकास सोलुसन नेटवर्क UN SDSN अन्तर्गत संस्थागत सदस्य रहेको कान्तिपूर सिटी कलेज र होलिस्टिक डेभेलपमेन्ट नेपाल बिच आज मिति २०७५–१…