स्टार्टअप
नेपाल बैंककी डिजिटल सारथी
१९ वर्षअघि बन्दना शर्मा नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइन्थ्यो । १९ वर्षको अन्तरालमा प्रविधि विकासक्रमले धेरै फड्को मारेको छ ।
आईटीले आफ्नो प्रभुत्व जबरजस्त रूपमा स्थापित गरिरहेको छ । त्यसैले त, १९ वर्षअघि सहायक क्षेत्रको रूपमा लिइने आईटी आज ‘मुख्य क्षेत्र’को रूपमा स्थापित हुन सफल भएको छ ।
सन् २००६ मा इन्फर्मेसन सपोर्ट अफिसरबाट नेपाल बैंकमा करियर सुरू गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइने गरेको बन्दना शर्मा बताउँछिन् ।
‘नेपाल बैंकमा प्रवेश गर्दा आईटीलाई सहायक क्षेत्रको रूपमा लिइने चलन थियो । जेनेरेटर बिग्रिदा पनि आईटीको मान्छेलाई बोलाउने गरिन्थ्यो,’ उनले आइसिटी समाचारसँग भनिन, ‘हाल आईटीले ठूलो फड्को मारिसकेको छ । त्यो समयमा कल्पना गर्न विकास अहिले आईटीमा भएको छ ।’
इन्फर्मेसन सपोर्ट अफिसरबाट प्रवेश गरेकी शर्मा अहिले नेपाल बैंकमा वरिष्ठ प्रबन्धकको रूपमा कार्ड तथा डिजिटल बैंकिङ डिभिजनकी प्रमुखको काम गरिरहेकी छन् ।
पछिल्लो समय बैंकिङ काम डिजिटल माध्यमबाट हुन थालेको छ । खाता खोल्नेदेखि कारोबार गर्नेसम्मको कामका लागि बैंक नै जानु पर्दैन् । नेपाल बैंकले पनि प्रविधिको रूपान्तरणमा ठूलो फड्को मारेको छ । नेपाल बैंकलाई प्रविधिमा अब्बल बनाउन पनि शर्माको भूमिका उल्लेखनीय छ ।
भैरहवामा जन्म, धनगढीमा पढाइ
सानैदेखि आईटीमा रूची भएकी बन्दना भैरहवामा जन्मिएकी हुन् । तर उनको बाल्यकाल सुदूरपश्चिम प्रदेशको धनगढीमा बित्यो । प्रारम्भिक तथा माध्यमिक तहसम्मको शिक्षा धनगढीमै अध्ययन गरेकी शर्माले प्लस टु तहमा विज्ञान संकाय अध्ययन गरिन ।
विद्यालय तहमा पढाइसँगै अतिरिक्त क्रियाकलापहरूमा पनि उनी राम्रो थिइन । प्लस टु सम्मको अध्ययन पूरा गरेपछि उनलाई आईटी पढ्न मन लाग्यो । आईटी पढ्न धनगढीबाट बुटवल आइन ।
बुटवलमा पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त पहिलो कलेज क्रिमसन कलेज अफ टेक्नोलोजीबाट ब्याचलर इन कम्प्युटर एप्लिकेशन (बीसीए) अध्ययन गरेकी छन् । विश्वविद्यालयबाट बीसीए अध्ययन गर्ने पहिलो ब्याचकी विद्यार्थी समेत हुन् ।
बीसीए पूरा गरेपछि स्नातकोत्तर अध्ययनका लागि उनले काठमाडौं रोजिन्, जहाँ त्यतिबेला आईटी क्षेत्र विस्तार हुँदै थियो । सन् २००४ मा अल्लाहबाद युनिभर्सिटी भारतबाट सम्बन्धन प्राप्त होप इन्टरनेसनल कलेज, बानेश्वरबाट एमएससी आईटी डिस्टेन्स मोडमा पूरा गरेकी थिइन ।
उनले पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी उनले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । एमएससी आईटी गर्दा कक्षाकोठामा उनी एक मात्र महिला थिइन । सानैदेखि प्रविधिमा भविष्य बनाउने सोचेको शर्माले ती सबै तमाम चुनौतीहरूलाई चिर्दै अगाडि लम्किरहिन् ।
सपोर्ट अफिसरदेखि वरिष्ठ प्रबन्धसम्म
सन् २००६ मा सपोर्ट अफिसरको आईटी करियर सुरू गरेकी शर्माले अहिले व्यवस्थापकीय भूमिकामा पुगेकी छन् । सन् २००६ मा लोकसेवा आयोगले लिएको नेपाल बैंक लिमिटेडको इन्फर्मेसन सपोर्ट अफिसर (आईटी) पदमा परीक्षा लियो । उक्त परीक्षामा सफल भई जनवरी २००६ देखि सहायक प्रबन्धकका रूपमा सरकारी सेवामा प्रवेश गरेकी थिइन् । सुरू सुरूमा बैंकमा काम गर्दा जेनेरेटर बिग्रिदा पनि शर्मालाई बोलाउथे ।
अफिसमा जेनेरेटर बिग्रिदा पनि आईटीको मान्छे शर्माजीलाई बोलाउनुपर्छ भनेर अरू मान्छेले बोलाउने गरेको अनुभव उनको मानसपटलमा ताजै छ । तर अहिले आईटीमा ठूलो रूपान्तरण भएको छ । हरेक क्षेत्रमा आईटीको प्रयोग अनिवार्य जस्तै भएको छ । बैंकमा यसबाट अछुतो रहन सक्ने कुरै भएन् ।
नेपाल बैंकको डिजिटलीकरण गर्नमा पनि शर्मा र उनीसँगै प्रवेश गरेको टिमको ठूलो योगदान छ । नेपाल बैंकलाई म्यानुअल देखि कम्प्यूटराइजेसन तर्फ लग्नेकाम उनीहरूले नै गरेका थिए । हरेक ग्राहकको विवरण पाउन कयौँ फाइलहरु पल्टाउनु पर्ने झन्झट अन्त्य गर्दै सबै कुरा डिजिटल प्रणालीमा राखेको उनले जानकारी दिइन् ।
नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।
हाल नेपाल बैंकका लाखौं ग्राहकहरू डिजिटल प्रविधिसँग जोडिएका छन् । कार्यालयसम्म नगइ मोबाइलबाटै सेवा लिइरहेका छन् ।
सन् २०१८ मा इन्फरमेसन सेक्युरिटी अफिसर भएर काम गर्दा शर्माले नै नेपाल बैंकको आईटी जोखिमलाई कम गर्न सबै प्रक्रियाहरूको बेन्चमार्क गर्ने काम उनकै नेतृत्वमा भएको थियो ।
सन् २००६ मा सपोर्ट अफिसर हुँदै सुरू भएको उनको यात्रा वरिष्ठ प्रबन्धकसम्म पुगेको छ । हाल उनले नेपाल बैंकमा महत्त्वपूर्ण डिभिजन कार्ड तथा डिजिटल बैंकिङको नेतृत्व गरिरहेकी छन् र नेपाल बैंकलाई डिजिटल बैंकिङमा अग्रणी बनाउन निरन्तर लागिरहेकी छन् ।
महिला भएकै आधारमा कामप्रति शंका
१८ वर्षको करियरमा हेर्दा आईटी क्षेत्रमा अपेक्षित रुपमा महिलाको सहभागीता वृद्धि हुन् नसकेको उनी बताउँछिन् । ‘नेपालमा मात्रै नभएर कुल विश्वकै आईटी क्षेत्रमा महिलाको सहभागिताको कुरा गर्ने हो भने पनि महिलाहरूको संलग्नता कम छ,’ शर्मा भन्छिन् ।
आईटी क्षेत्र भर्खर भर्खर ग्रो भइरहेका बेला दुई दशक अगाडि यसमा करियर बनाउने सोच्नु नै ठूलो साहसीक कदम थियो । त्यो साहसिक कदम अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।
पुरूष प्रधान समाजमा बेग्लै स्थान बनाउँदै चुनौतीलाई अवसरको रुपमा लिने निर्णय त्यो बेला कुनै पनि महिलाका लागि सहज थिएन । तर पनि शर्माले कहिल्यै हार मानिनन् । निरन्तर लागिरहिन् । त्यही निरन्तरताको प्रतिफल हो, अहिलेको उनको सफलता ।
बैंकमा काम गर्दै गर्दा उनको सरूवा रिजनल आईटी हेडको रुपमा धनगढी शाखामा भयो । सरूवा भएपछि जानु नै पर्यो । त्यहाँ गएपछि उनको शाखा प्रबन्धकको धेरै प्रश्नको समान गर्नुपरेको शर्माले बताइन् ।
‘रिजनल आईटी हेडको रुपमा धनगढी शाखामा सरूवा भयो । त्यसभन्दा अगाडि सोही पदमा पुरुष कार्यरत हुनुहुन्थ्यो,’ उनले भनिन, ‘सरूवा भएर गएपछि शाखा प्रबन्धकले पहिलेको जस्तै गरी काम गर्न सक्नुहुन्छ ? महिला भएर फिल्डमा जान सक्नुहुन्छ ? जस्ता कयौं प्रश्न तेर्स्याइएको थियो ।’
काम नै नदेख्दै महिला भएकै आधारमा काम प्रति शंका गरिएको अनुभव उनको छ । शर्मा गत वर्ष एनसेल वुमन आईकन आईसिटी अवार्ड २०२४ बाट पनि सम्मानित भएकी थिइन् ।
यहाँसम्म आउनुमा शर्मालाई परिवारको पनि ठूलो सहयोग छ । एमआईएस युनिटको प्रमुख तथा कोर बैकिंगमा काम गर्दैगर्दा उनी रातको दुई बजेसम्म अफिसमै बसेर पनि काम गर्नुपर्थ्यो ।
परिवारको सहयोगले उनलै ढुक्कले आईटीमा काम गर्न पाइन । ढुक्क भएर आईटीमा काम गर्न पाउनु पछाडि परिवारको पनि ठूलो योगदान रहेको उनी बताउँछिन् ।
नेपाल बैंक बाहेक पनि शर्मा अन्य विभिन्न संस्थामा समेत सक्रिय छिन् । नेपाल वित्तीय कर्मचारी संघको उपाध्यक्षको रूपमा समेत काम गरेकी शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनि प्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् ।
हाल वुमन आइकन आइसिटी अवार्डका लागि नोमिनेसन खुल्ला रहेको छ । वुमन आइकन आइसिटी अवार्ड, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ ।
यस विधामा उद्यमी, नेतृत्वकर्ता, प्रोफेसनल तथा आइसिटीको क्षेत्रमा उदाहरणिय काम गर्नुभएको महिलाहरुले ११ अक्टोबर, २०२५ सम्म नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
स्टार्टअप
६०० स्टार्टअपहरूलाई ८८ करोड ६६ लाख सहुलियतपूर्ण कर्जा प्रवाह
सरकारले ६०० परियोजनाहरूलाई स्टार्टअप उद्यम कर्जा प्रदान गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०…
स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले पायो ६ करोड लगानी
स्कुल तथा कलेज व्यवस्थापन ईआरपी सफ्टवेयर वेदले शार्क ट्यांक नेपालबाट ६ करोडको लगानी सुरक्षित गरेको छ । शार्क ट्यांक ने…
नेपाली मूलका दुई उद्यमीले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले पायो ४ अर्ब बढी लगानी
नेपाली मूलका उद्यमी नामी बराल र नविन बास्कोटाले अमेरिकामा सुरू गरेको स्टार्टअप न्युरलले ३१ मिलियन अमेरिकी डलर अर्थात ४ …
नक्कलबाट उदाएको चिनियाँ प्रविधि कम्पनी टेन्सेन्ट, कसरी बन्यो गेमिङमा लिडर ?
विश्वका ठूला प्रविधि कम्पनीको नाम लिनुपर्दा तपाई हाम्रो दिमागमा आउँछ, गूगल, फेसबुक, माइक्रोसफ्ट, एप्पल, अमेजन, सामसङ आदि । यही …
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअपलाई आयकर नलाग्ने
१० करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई आयकर नलाग्ने व्यवस्था गरिएको छ ।
बिना धितो २५ लाखसम्म कर्जाका लागि ६६१ स्टार्टअप सिफारिस, को को परे ?
स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम अन्तर्गत साढे ६ सय स्टार्टअपलाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ स्टार्…
कर्मचारीलाई स्टार्टअपहरूले पैसाको साटो शेयर दिन सक्ने, कार्यान्वयन प्रक्रिया सहज बनाउन जोड
सरकारले गुडवील, सेवा, सोच, ज्ञान र श्रमका आधारमा ‘स्वेट शेयर’ जारी गर्न सक्ने व्यवस्था गरेको छ । गत शुक्रबार बसेको …
स्टार्टअप कर्जाका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा, कसले पाउँलान बिनाधितो २५ लाखसम्म कर्जा ?
स्टार्टअप उद्यम कर्जा पाउनका लागि १३ सय १४ परियोजना प्रारम्भिक सूचीमा पर्न सफल भएका छन् । स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि औद्यो…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ सोसल इन्नोभेसन छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कृष्ट १३ सोसल इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ स्टार्टअप छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १० स्टार्टअपबाट उत्कृष्ट ५ घोषणा गरिएको हो ।&…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्…
यस्ता छन् आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट
आइसिटी अवार्ड २०२४ का उत्कृष्ट ५ प्रडक्ट छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १३ प्रडक्टबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । …
असफलतासँग जुध्दै सफल उद्यमी बनेका ‘ज्याक मा’
अनेक असफलताबाट सफलताको शिखरमा चेढेका चिनियाँ उद्यमी तथा अर्बपति हुन्, ज्याक मा । सन् १९६४ मा चीनमा जन्मिएका ज्याक माले प्रारम्भि…
प्रविधि क्षेत्रको लैंगिक असमानता हटाउन रेश्मा सौजानीले सुरू गरेको ‘गर्ल्स हु कोड’
प्रविधि क्षेत्रमा लैंगिक विभाजन धेरैहदसम्म कम हुँदै गएको छ । तर अझै पनि पुरूषको तुलनामा महिला सहभागिताको अनुपात निकै कम नै …
ह्वाट्सएपका संस्थापक जन कौमः शरणार्थीदेखि अर्बपतिसम्म
आज विश्वभर एउटा लोकप्रिय सञ्चार गर्ने माध्यम बनेको छ, ह्वाट्सएप । त्यसका लागि संसारभरका अर्बों मानिसहरूले ह्वाट्सएपको प्रयोग गर्छन् । खासमा ह्वाट्सएप गरिब परिवारम…