कीवर्डहरू -

क्लासिक टेकमा १२८ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

क्लासिक टेकमा १२८ जनालाई रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२८ जना कर्मचारी मागेको छ । कम्पनीले काठमाडौं र देशभरि काम गर्ने गरी फुल टाइम र पार्ट टाइममा १२८ जना नयाँ कर्मचारी माग गरेको हो ।

कम्पनीले एचआर म्यानेजरमा २ जना, शाखा प्रबन्धक २० जना, डोर टु डोर सेल्स एशोसिएट्स १०० जना, ग्राफिक डिजाइनर २ जना, एन्ड्रोइड/आईओएस डेभलपर २ जना माग गरेको छ ।

रोजगारीका लागि इच्छुक उम्मेद्वारले [email protected] मा आफ्नो सीभी इमेल गर्न सक्ने छन् । ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारीसाधन भएका व्यक्तिलाई आवेदनका लागि प्रेरित गर्ने कम्पनीले जनाएको छ । त्यस्तै कामको अनुभव भएकाले उम्मेद्वारलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

\"\"