कीवर्डहरू -

विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम ल्याउने योजनामा मेटा

विज्ञापनरहित फेसबुक र इन्स्टाग्राम ल्याउने योजनामा मेटा

विज्ञापनरहित इन्स्टाग्राम र फेसबुक समेत अब प्रयोग गर्न सकिने भएको छ । मेटाले प्रयोगकर्ताहरूको लागि विज्ञापन रहित सदस्यता ल्याउने योजना बनाएको छ ।

कम्पनीले डिजिटल व्यक्तिगत डेटा गोपनीयता ऐन अन्तर्गत विज्ञापन रहित सेवा पनि ल्याउने भएको हो । डाटा सुरक्षा सम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्न पनि यूरोपेली आयोगमा छलफल पनि हुनेछ ।

मेटाको विज्ञापन नभएको सशुल्क सेवा पहिलो पटक यूरोपमा परीक्षण गरिने छ । यसपछि मात्र विश्ववयापी प्रयोगकर्ताका लागि यस प्रकारको योजना ल्याइने छ । यो योजना सन् २०२४ को मध्य वा वर्षको अन्त्यमा सार्वजनिक हुन सक्ने छ ।

यसअघि पनि वाल स्ट्रीट जर्नलले मेटाको यो योजनाको बारेमा रिपोर्ट गरेको थियो । कम्पनीले मोबाइल फोनमा इन्स्टाग्रामको विज्ञापन फ्री सदस्यताको लागि मासिक १४ डलर शुल्क लिन सक्ने छ । यो योजनाको साथ प्रयोगकर्ताहरूले आफ्नो डेटाको सुरक्षाको लागि आश्वस्त हुन सक्नेछन् ।