कीवर्डहरू -

अब भेरिफाइड प्रयोगकर्ताले मात्रै एक्समा कमेन्ट गर्न पाउने

अब भेरिफाइड प्रयोगकर्ताले मात्रै एक्समा कमेन्ट गर्न पाउने

एलन मस्कको स्वामित्वमा रहेको एक्स (पहिले ट्विटर) ले प्रयोगकर्ताहरूका लागि धेरै नयाँ सुविधाहरू प्रस्तुत गर्दै आएको छ । कम्पनीले हरेक महिना प्लेटफर्ममा केही नयाँ फिचर थपिरहेको छ । अब नयाँ फिचरमा भेरिफाइड प्रयोगकर्ताहरूले मात्र पोस्टहरूमा कमेन्ट गर्न सक्षम हुनेछन् ।

सरल भाषामा, अब ब्लू सदस्यता नभएका प्रयोगकर्ताहरूले एक्समा प्रमाणित प्रोफाइल प्रयोगकर्ताहरूको पोस्टहरूमा कमेन्ट गर्न सक्ने छैनन । यो नयाँ सुविधा अब एन्ड्रोइड, आईओएस र वेब सहित सबै प्लेटफर्महरूमा उपलब्ध भएको छ ।

यसका साथै केहि महिना अघि एक्स सीईओ लिन्डा याकारिनोले भिडियो च्याट फिचर प्लेटफर्ममा आउन लागेको जानकारी दिएकी थिइन । यसले साथी र फलोअरसँग भिडियो कल साथै १० व्यक्तिहरूसँग सामूहिक भिडियो कल गर्न अनुमति दिने सम्भावना छ । यो सुविधा प्रत्यक्ष सन्देश (डिएम) खण्डमा उपलब्ध हुनेछ ।