कीवर्डहरू -

टिन्डरमा सार्वजनिक भयो ब्लाइण्ड डेट फिचर

टिन्डरमा सार्वजनिक भयो ब्लाइण्ड डेट फिचर

टिन्डरमा ब्लाइण्ड डेट फिचर सार्वजनिक भएको छ । टिन्डरको एक्सप्लोर सेक्सनमा ब्लाइन्ड डेटको फिचर सार्वजनिक भएको हो ।

यसले प्रयोगकर्ताहरुलाई स्मार्टफोन आउनु भन्दा पहिलेको समयमा रहेको डेटिङको तरिका याद गराउने छ । यो नयाँ फास्ट च्याटको फिचर हो, जसले एपको दुई जना सदस्यहरुलाई जोडि बनाईदिएपछि मात्रै एकअर्काको प्रोफाइल हेर्ने मौका दिन्छ ।

यसले प्रयोगकर्ताहरुलाई एकअर्काको व्यक्तित्वलाई पहिलो स्थानमा राखेर बल्ल अरु कुरा चिन्ने मौका प्रदान गर्नेछ ।

राम्रो छाप छोड्नका लागि दुवै पक्षले राम्रो कुराकानी गर्नुपर्ने हुँदा यसमा प्रयोगकर्ताको व्यक्तित्व कस्तो छ भनेर थाहा हुने गर्दछ ।

यसमा जोडी मिल्नका लागि दुवै प्रयोगकर्ताहरुले केही आईसब्रेकर प्रश्नहरु राख्ने गर्दछन् र त्यही प्रश्नहरुको उत्तरको मात्रै जानकारी राखेर दुवै पक्षका प्रयोगकर्ताहरु समयअनुरुप च्याटमा जानेछन् र समयअवधि सकिएपछि पनि दुई पक्ष एकअर्कासँग म्याच गरेका छन् भने मात्रै प्रोफाइल एकअर्काले हेर्न मिल्ने हुनेछ ।

यसबाट ४० प्रतिशत बढि छिटो जोडि भेट्याउन सक्ने अवसर हुन्छ । अहिलेका लागि अमेरिकामा मात्रै सार्वजनिक भएको फिचर विस्तारै अरु देशकालागि पनि सार्वजनिक हुनेछ ।