कीवर्डहरू -

टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस

टेलिकमको भ्यालेन्टाइन अफर, ४९ रूपैयाँमा दिनभर अनलिमिटेड डेटा र भ्वाइस

नेपाल टेलिकमले भ्यालेन्टाइन डेको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । भ्यालेन्टाइनको अवसरमा कम्पनीले अनलिमिटेड डेटा र भ्वाइससहितको नयाँ अफर सार्वजनिक गरेको हो ।

टेलिकमको भ्यालेन्टाइन अफर अन्तर्गत ४९ रूपैयाँमा १ एमबीपीएस गतिको एक दिनका लागि मान्य हुने अनलिमिटेड डेटा र भ्वाइस प्याक उपलब्ध हुनेछ । अनलिमिटेड भ्वाइस कल टेलिकमको नेटवर्कमा मात्र प्रयोग गर्न सकिने छ ।

यो अफर फागुन १ र २ गते मात्रै लागु हुने टेलिकमले जनाएको छ । यो अफर सुचारू गर्न *१४१५*११# डायल गर्नुपर्नेछ । टेलिकमको मोबाइल एप प्रयोग गरेर यो अफर लिन सकिने छ ।

\"\"