जूमले म्याक कम्प्युटरमा कल सकिएपछि पनि माइक एक्टिभ नै रहने बगलाई समाधान गरेको छ । यसले प्रयोगकर्ताको प्राइभेसीमा समस्या ल्याउन सक्ने हुँदा यो फिचरलाई छिटो भन्दा छिटो समाधान गरिएको हो ।
जुमले प्रयोगकर्ताहरुको माइक नियन्त्रण गरिरहेको पाइएको थियो । म्याकका लागि जूमको ५.९.३ भर्सनमा समस्यालाई समाधान गरेको छ ।
मिटिङ वा वेबिनार लिभ गरेपछि पनि माइकले आरेन्ज रंगको यीन्डकेटर देखाइरहने समस्या धेरै प्रयोगकर्ताले खुलाएपछि यस विषयमा जूमको ध्यानाकर्षण भएको हो ।
सन् २०२१ को एक गोपनीयता समस्याको मुद्दाले गर्दा जूमले ८५ मिलियन अमेरिकी डलर पनि तिर्नु परेको थियो ।