कीवर्डहरू -

१५ वर्ष पछि फेसबुक न्यूज फिडको नाम फिडमा परिणत

१५ वर्ष पछि फेसबुक न्यूज फिडको नाम फिडमा परिणत

फेसबुकले आफ्नो न्यूज फिडको नाम फिडमा परिणत गरेको छ । १५ वर्ष पछि कम्पनीले आधिककारिक रुपमा न्यूज फिडको नाम फिडमा परिणत गरेको हो ।

मार्क जुकरबर्गले कम्पनीको नाम मेटामा परिणत गर्ने भनेको केही महिनामा यो निर्णय आएको हो । यसले अब तपाईको फिडमा धेरै विभिन्न किसिमको कन्टेन्ट हेर्न सकिने भनेर पनि प्रतिनिधत्व गरेको हो ।

न्यूज भन्ने शब्दलाई हटाएर कम्पनीले मेटाभर्सलाई ल्याएर आफ्नो प्राथमिक्ता बदलिन खोजेको हो भनेर पनि बुझ्न सकिन्छ ।

फेसबुकले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट यसबारेमा जानकारी दिएका हुन् । मेटाले हालैमा वाइड्ली भ्यूड कन्टेन्ट भनेर रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।