डाईरेक्ट मेसेजलाई पिन गर्न सकिने ट्विटरको फिचर अब सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउने भएका छन् । यो फिचर एन्ड्रोइड, आईओएस र वेब प्रयोगकर्ताहरुका लागि उपलब्ध रहेको छ ।
सन् २०२१ को नोभेम्बरमा यो फिचर ब्लु टिक भएको प्रयोगकर्ताहरुले मात्रै पाउने गरी उपलब्ध गराइएको थियो । अब भने यो सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध भएको छ ।
यो फिचर प्रयोग गर्नका लागि तपाईको मनपर्ने च्याटलाई बायाँ तर्फ स्लाईड गर्नुपर्छ र बटनलाई ट्याप गरेपछि इनबक्सको माथि आउने गर्दछ ।
यसरी ट्वीटर प्रयोगकर्ताहरुले ६ ओटा थ्रेड पिन गर्न सक्नेछन् ।
ट्वीटरले धेरैजसो सबै फिचर सर्वप्रथम ब्लु टिक भएको प्रयोगकर्ताहरुका लागि उपलब्ध गराएको छ ।