कीवर्डहरू -

ट्रम्पको आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक

ट्रम्पको आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सार्वजनिक गरेका छन् । नयाँ प्लेटफर्मले दशौं मिलियन प्रयोगकर्तालाई आकर्षित गर्ने ट्रम्पका सल्लाहकारले बताएका छन् ।

उनको एप एप्पलको एप स्टोरमा उपलब्ध भएको छ । एपस्टोरमा रहेको लिकंको अनुसार एपमा कस्टम प्रोफाइल, सर्च टूल, भिडियो क्यापिब्लिटी फिचर, मेसेजिङ फिचर र डार्क मोडको फिचर उपलब्ध रहेको छ ।

एपमा राजनीतिज्ञ, सेलिब्रिटी र इन्फल्येन्सरहरु जोडिएका छन् । यो एप फयामिली फ्रेण्डली रहेको छ । सन् २०२१ जनवरीमा अमेरिकाको क्यापिटल हिलमा भएको आक्रमणपछि फेसबुक र ट्विटरले ट्रम्पको अकाउन्टमा प्रतिबन्ध लगाएका थिए ।