कीवर्डहरू -

फेसबुकमा नाबालिकाको अश्लील तस्वीर पोस्ट गर्ने युवक पक्राउ

फेसबुकमा नाबालिकाको अश्लील तस्वीर पोस्ट गर्ने युवक पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस फेसबुकमा पोस्ट गर्ने युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकाश महर्जन रहेका छन् ।

महर्जनले नाबालिकाको अश्लील तस्वीर तथा अश्लील स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको ब्यूरोले जनाएको छ ।

ब्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार महर्जनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकोले काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर आइतबार पक्राउ गरिएको हो ।

अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको अर्यालले बताए ।

\"\"