कीवर्डहरू -

कानूनी कारण भ्यान्स्ड सफ्टवेयरमाथि युट्युबको प्रतिबन्ध

कानूनी कारण भ्यान्स्ड सफ्टवेयरमाथि युट्युबको प्रतिबन्ध

कानूनी कारणहरुले गर्दा युट्युबले आफ्नो भ्यान्सड सफ्टवेयरलाई बन्द गरेको छ । गूगलले यूट्युबलाई कानूनी रुपमा बन्द गर्न निर्देशन दिएपछि युट्युबले यस्तो गर्न बाध्य भएको हो ।

भ्यान्सडका संस्थापकहरुले यस सफ्टवेयरलाई केही दिन भित्रै बन्द गर्ने जनाएका छन् । एन्ड्रोइड फोनहरुमा आगामी केही दिनमा यो सफ्टवेयर आफै चल्न बन्द हुनेछ ।

भ्यान्सड एक चर्चित तेस्रो पक्षीय युट्युब सफ्टवेयर हो जसले युट्युब प्रिमियमका लागि नतिरिकनै भिडियो विज्ञापन माथि प्रतिबन्ध लगाउन दिने गर्दथ्यो ।

यस सफ्टवेयरले पुरै कालो थिमको फिचर पनि दिने गर्दछ । गत वर्ष देखि गूगलले युट्युबको थुप्रै तेस्रो पक्षीय एपहरु हटाईरहेको छ ।