नन फन्जिबल टोकन (एनएफटी) इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् ।
केही महिना भित्रै यो प्रोजेक्ट प्रयोगकर्ताका लागि बाहिर आउने जुकरबर्गले बताए । यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका टन् ।
एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।
यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ ।
यसमा प्रयोगकर्ताहरुले आर्टवर्कनै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा प्रयोगकर्ताहरुले कुनै निश्चित कन्टेन्टलाई प्रतिनिधित्व गर्ने टोकनमात्रै खरिद गरेका हुन् ।