कीवर्डहरू -

निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा टिका टिप्पणी गर्न नपाइने (आचारसंहितासहित)

निर्वाचनलाई प्रभाव पार्ने गरी सामाजिक सञ्जालमा टिका टिप्पणी गर्न नपाइने (आचारसंहितासहित)

सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न नपाइने भएको छ ।

बिहीबार राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ अनुसार सामाजिक सञ्जालमा निर्वाचनलाई प्रभाव पारने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्धेषपूर्ण भाषण (हेट स्पीच) जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन पाइने छैन् ।

त्यस्तै कुनै प्रयोजनका लागि प्रसारण वा प्रकाशन भएको सूचना वा सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा शेयर वा लाइक वा कमेन्ट गर्न वा गराउन नहुने बताइएको छ ।

निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न वा अरूले प्रकाशन गरेका शेयर गर्न नहुने आचारसंहितामा उल्लेख गरिएको छ ।

साथै निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले कसैले पनि सामाजिक सञ्जालमा झुटा साइट र अकाउन्ट सञ्चालन गर्न वा गराउन पाइने छैन् । यद्यपी यो निर्वाचन आचारसंहिता निर्वाचन आयोगले तोकेको मितिदेखि लागु हुनेछ ।

यस्तो छ निर्वाचन आचारसंहिता २०७८