कीवर्डहरू -

ट्विटरले अब स्पेसेसमा अडियो क्लिप बनाउन दिने

ट्विटरले अब स्पेसेसमा अडियो क्लिप बनाउन दिने

अब ट्विटरले स्पेसेसमा अडियो क्लिप बनाउन दिने भएको छ । अडियो क्लिप बनाउन दिने फिचर ट्विटरले परीक्षण गरिरहेको छ ।

यो फिचर उपलब्ध भएपछि होस्टले ३० सेकेण्डसम्मको अडियो स्पेसेसबाट रेकर्ड गर्न सक्नेछन् । उक्त अडियो क्लिपलाई ट्विट पनि गर्न सकिने छ ।

अहिलेलाई यो फिचर आईओएसका केही प्रयोगकर्ताले पाएका छन् । एन्ड्रोइड र वेबमा पनि यो फिचर छिट्टै सार्वजनिक गर्ने ट्विटरले जनाएको छ ।

क्लबहाउसमा क्लिपिङ सेवा गत सेप्टेम्बरदेखि उपलब्ध भइसकेको छ, जहाँ प्रयोगकर्ताले ३० सेकेण्डसम्मको अडियो पब्लिक रूममा शेयर गर्न सक्छन् ।