कीवर्डहरू -

इन्स्टाग्राममा अब डाइरेक्ट म्यासेज गर्दै अरु काम पनि गर्न सकिने

इन्स्टाग्राममा अब डाइरेक्ट म्यासेज गर्दै अरु काम पनि गर्न सकिने

इन्स्टाग्राममा डाईरेक्ट मेसेज गर्दा अरु काम पनि गर्न मिल्ने भएको छ । अब फिड ब्राउज गर्दै पनि च्याट गर्न मिल्ने भएको छ ।

नयाँ फिचर सार्वजनिक भएसँगै ब्राउज गर्दा नयाँ च्याट फिडको माथि आउने गर्दछ र त्यही मेसेजलाई थिचेर मेसेजको प्रतिक्रिया दिन सकिनेछ ।

अब फिड र इनबक्स बिच हैरान भईराख्नु पर्दैन् । एपले पोस्ट सेयर गर्नलाई पनि सर्टकट थप गरेको छ ।  पोस्ट सेयर गर्ने मान्छेको कन्ट्याक्ट स्क्रोल गरिरहनुभन्दा एपमा आफैले चार जना साथीहरु पहिले छान्न सकिन्छ ।

यसले गर्दा तपाई जोसँग पोस्ट धेरै सेयर गर्नुहुन्छ त्यसको नाम पहिलेनै निश्चित गरेर राख्न सकिनेछ । एपले म्युजिक सेयरिङ फिचर पनि राख्ने भएको छ ।

यसले गर्दा प्रयोगकर्ताहरुले म्युजिक साईटहरुबाट ३० सेकेण्डको प्रिभ्यू सेयर गर्न सक्नेछन् । इन्स्टाग्रामले साइलेन्ट फिचर पनि एपमा ल्याउने भएको छ ।

यो फिचर प्रयोग गर्न आफ्नो मेसेजको अगाडि साइलेन्ट भनेर टाइप गर्नुपर्छ र यसले गर्दा तपाई स्नीक मोडमा पुग्नु हुनेछ । यो फिचरले मेसेज जाँदा प्रयोगकर्तालाई अलर्ट गराउँदैन् । यी फिचर एन्ड्रोइड र आईओएस दुबैमा उपलब्ध हुनेछन् ।