कीवर्डहरू -

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने

अब युट्युब भिडियो सिधै स्न्यापच्याटमा सेयर गर्न सकिने भएको छ । यो सुविधासँगै अब युट्युब भिडियो सेयर गर्नका लागि कपी पेस्ट गरिराख्नु पर्ने झन्झट सकिएको छ ।

अब एन्ड्रोइड र आईओएस प्रयोगकर्ताले स्नापच्याटको क्यामेराबाटै युट्युब भिडियो सेयर गर्न सक्नेछन् । युट्युब भिडियो दुवै स्टोरी र निश्चित स्न्यापहरुमा सेयर गर्न मिल्नेछ । प्रयोगकर्ताले यसमा थप टेक्स्ट, अटोमेटेड स्टीकरहरु पनि हालेर पठाउन सक्नेछन् ।

यसका लागि प्रयोगकर्ताले युट्युब एपको कुनै भिडियोमा सेयर थिचेर स्न्यापच्याट सेलेक्ट गरेर पनि पठाउन सक्नेछन् । स्न्यापका अनुसार यसरी भिजुअल रुपमा युट्युब लिंक सेयर गर्न पाइने यो प्रथम पटक हो । यस फिचरले गर्दा स्न्यापच्याटमा युट्युब सर्टस सेयर गर्न पनि सहज हुनेछ ।