कीवर्डहरू -

अब ट्वीटलाई अनमेन्सन गर्न सकिने

अब ट्वीटलाई अनमेन्सन गर्न सकिने

अब ट्विटरमा ट्विटलाई अनमेन्सन गर्न सकिने भएको छ । यस फिचरबाट कोही प्रयोगकर्ताले कुनै ट्वीटमा तपाईलाई मेन्सन गरेको छ भने त्यस मेन्सनलाई आफै हटाउन सकिने छ ।

यो फिचर आधिकारिक रुपमा सार्वजनिक भएको छैन् र अहिले यो फिचर परीक्षणको क्रममा रहेको छ ।

यो फिचरमा मेन्शन गरिएको टेक्स्ट भने बाँकी नै रहन्छ मात्रै मेन्सन अलर्ट हट्ने छ । यो एन्टी ह्यारेसमेन्ट सेफ्टी मोड अन्तरगत ल्याउन लागिएको फिचर हो ।