कीवर्डहरू -

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने

अब राष्ट्रिय सभागृहबाट पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन सकिने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय सभागृह काठमाडौंमा अनलाइन इनरोलमेन्टसहितको स्टेशन स्थापना गरेको हो ।

विभागले काठमाडौं महानगरपालिकामा बस्ने नेपाली नागरिकको सहजताका लागि सभागृहमा दर्ता स्टेशन सञ्चालनमा ल्याइएको हो ।

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराउन जाँदा नेपाली नागरिकताको सक्कल प्रमाणपत्र, नागरिकताको प्रमाणपत्रमा जन्म मिति नखुलेकोमा सो खुल्ने प्रमाणपत्र, बसाइँसराइ गरेको हकमा सोको सक्कल प्रमाणपत्र, विवाहितको हकमा नागरिकतामा पति वा पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र वा नाता खुल्ने प्रमाणको सक्कल, राहदानी लिएकाको हकमा सक्कल राहदानी (सकल संभव भएसम्म) आवश्यक पर्ने जनाइएको छ ।

विभागले यसअघि नै विभिन्न जिल्ला नागरिकहरुका लागि काठमाडौं र ललितपुरका जिल्ला प्रशासन कार्यालयका अतिरिक्त नारायणी दरबार परिसर (साविकको राहदानी विभाग) मा दर्ता स्टेसन सञ्चालन ल्याइसकेको छ ।