कीवर्डहरू -

फुडमाण्डुले माग्यो १५० जना डेलिभरी राइडर, यसरी दिनुहोस् आवेदन 

फुडमाण्डुले माग्यो १५० जना डेलिभरी राइडर, यसरी दिनुहोस् आवेदन 

नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले १५० जना डेलिभरी राइडर मागेको छ । फुडमाण्डुले पार्ट टाइम वा फुल टाइमको रूपमा काम गर्ने गरी १५० जना डेलिभरी राइडर माग गरेको हो ।

डेलिभरी राइडरसँग ड्राइभिङ लाइसेन्ससहित २ पांग्रे सवारी साधन, एन्ड्रोइड मोबाइल फोन, काठमाडौं तथा ललितपुरका क्षेत्रसँग परिचित र एसएलसी वा उच्च डिग्री शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ ।

फुडमान्डुका अनुसार डेलिभरी राइडरले आकर्षक तलब प्याकेज र अन्य सुविधा पाउने छन् । इच्छुकले 9801183779, 9801910610 फोन गर्न वा [email protected] मा आफ्नो सीभी इमेल गर्न सक्ने छन् ।