कीवर्डहरू -

धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी

धनगढी सुपर लिगको डिजिटल लर्निङ पार्टनरमा निमा एकेडेमी

धनगढी सुपर लिग (डिएसएल) को डिजिटल लर्निङ्ग पार्टनरमा निमा एकेडेमी हुने भएको छ । यसका लागि आईतबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

प्रतियोगिता आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिका अध्यक्ष रामचन्द्र शाही र निमा एजुकेसन फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानबिच निमा एकेडेमीको कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नीमा एकेडेमी २०१८ मा निमा एजुकेसन फाउन्डेसनद्वारा स्थापना गरिएको एक एड-टेक स्टार्टअप हो । यसले मुख्यत: रचनात्मक र उच्चस्तरको सिकाइ सामग्रीहरू प्रस्तुत गरेर नेपालमा विद्यमान शिक्षा प्रणालीको गुणस्तर उकास्ने लक्ष्य राखेको छ ।

यो एउटा प्रयोग गर्न सजिलो डिजिटल शिक्षा प्लेटफर्म हो । यस फाउन्डेसनमा नेपाली शिक्षा क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव भएका शिक्षाविद् र शिक्षकहरू आवद्ध छन् ।

यसबाहेक नीमा एकेडेमीले विद्यार्थीहरुलाई गेमिफाइड सामग्री, अन्तरक्रियात्मक हाजिरीजवाफ, भिडियोहरू, एनिमेसन, लाइभ कक्षाहरू र अन्य धेरै समावेश गर्ने रोचक तरिकाहरू प्रदान गर्दै आएको  छ ।

यो पनि पढ्नुहोस्ः निमा एकेडेमी र दूरशिक्षाबीच सहकार्य, अब अनलाइनमै स्टिम कोर्ष पढ्न सकिने