कीवर्डहरू -

यो हप्ता देखि इन्स्टाग्राममा नन फन्जिबल टोकन सार्वजनिक हुने

यो हप्ता देखि इन्स्टाग्राममा नन फन्जिबल टोकन सार्वजनिक हुने

नन फन्जिबल टोकन (एनएफटी) यो हप्ता इन्स्टाग्राममा पनि आउने भएको छ । एसएक्सएसडब्लु कार्यक्रममा बोल्दै मेटाका संस्थापक मार्क जुकरबर्गले एनएफटी इन्स्टाग्राममा आउने बताएका हुन् ।

यही बारेमा इन्स्टाग्रामका कार्यकारी निर्देशक एडाम मोसेरीले कम्पनीले यस प्रविधिबारे लामोसमय देखि अध्ययन गरिरहेको खुलाएका छन् ।

एनएफटी भनेको ब्लकचेनमा रेकर्ड गरिएको क्रिप्टोग्राफिक टोकन हो । यसले कुनै पनि डिजिटल कुरा कसको हो भनेर बताउन सक्छ । यो एक नौलो डिजिटल सर्टिफिकेट हो, जसले कुनै फोटो, भिडियो तथा डिजिटल एसेट कसको हो भनेर प्रमाण दिने गर्दछ ।

यो डुप्लिकेट वा स्वाप गर्न मिल्दैन् । कन्टेन्ट हराउने, बिग्रिने वा डिलिट हुने जे भएता पनि ब्लकचेनमा कुनै पनि एनएफटी सुरक्षित रुपमानै रहने गर्दछ ।

यसमा प्रयोगकर्ताहरुले आर्टवर्कनै खरिद गर्ने भन्ने चाहिँ हुँदैन्, केबल यसमा प्रयोगकर्ताहरुले कुनै निश्चित कन्टेन्टलाई प्रतिनिधित्व गर्ने टोकनमात्रै खरिद गरेका हुन् ।