कीवर्डहरू -

नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) को स्वीकृति प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ । सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले हस्ताक्षर गरेका हुन् ।

यूपीआई अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रिय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो ।

यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरुलाई दुवै देशका पसल र व्यापारी पसलहरूमा यूपीआई आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्वाध रूपमा आफ्नो खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ ।