कीवर्डहरू -

लाइभ स्ट्रीमिङ फिचरको विकास गर्दै नेटफिल्क्स

लाइभ स्ट्रीमिङ फिचरको विकास गर्दै नेटफिल्क्स

नेटफिल्क्सले लाइभ स्ट्रीमिङ फिचरको विकास गरिरहेको छ । डेडलाइनको रिपोर्ट अनुसार एपले अलिखित (अनस्क्रीप्टेड) शो र कमेडी स्पेसललाई लाइभ स्ट्रीम गर्ने भएको छ ।

यो फिचर अहिले सुरुवाती चरणमानै रहेको पनि कम्पनीले बताएको छ । लाइभ स्ट्रीमिङ फिचरलाई प्रयोग गरेर कम्पनीले शोहरुको बारेमा लाइभ भोटिङ पनि सञ्चालन गर्नेछ ।

यो फिचर कहिले रोलआउट हुन्छ भनेर कम्पनीले बताएको छैन् । आफ्नो प्रयोगकर्तासँग अझै नजिक भएर काम गर्नका लागि नेटफिल्क्सले लाइभ स्ट्रीमिङ फिचरको विकास गर्न लागेको हो ।