कीवर्डहरू -

आर्टिस्टले अब स्पटीफाई पेजमा एनएफटी प्रवर्द्धन गर्न पाउने

आर्टिस्टले अब स्पटीफाई पेजमा एनएफटी प्रवर्द्धन गर्न पाउने

स्पटीफाईले आर्टिस्टको पेजमा एनएफटी ग्यालेरी फिचर जाँच गरिरहेको छ । आर्टिस्टहरुले चाँडै आफ्नो स्पटीफाई पेजमा एनएफटी प्रवर्द्धन गर्न सक्ने छन् ।

यो फिचर अहिले एन्ड्रोइडको अमेरिकी प्रयोगकर्ताहरुका लागि मात्रै उपलब्ध रहेको छ । एनएफटी ग्यालेरी आर्टिस्टहरुको गीतको लिस्टको तलको भागमा गएपछि उपलब्ध हुने गर्दछ ।

कुनै एनएफटीमा क्लिक गर्नुभएमा त्यसको ठूलो साइजको फाइल खुल्ने गर्दछ । सी मोर अप्सनले पनि एनएफटी देखाउने गर्दछ ।

एनएफटीको फिचर इन्स्टाग्राममा पनि उलब्ध भएपछि अरू एपहरुले पनि आफ्नो प्लेटफर्ममा एनएफटीको फिचर राख्न थालेका छन् ।