कीवर्डहरू -

अब माइक्रोसफ्ट टिम्समा लाइभ प्रोजेक्ट पनि शेयर गर्न मिल्ने

अब माइक्रोसफ्ट टिम्समा लाइभ प्रोजेक्ट पनि शेयर गर्न मिल्ने

अब माइक्रोसफ्ट टिम्समा लाइभ प्रोजेक्ट पनि सेयर गर्न मिल्ने भएको छ । यसले रियल टाइम कोलाबोरेसनका लागि सहयोग पुर्याउने गर्दछ ।

यसले परम्परागत डक्युमेन्टको शैलीलाई एडभान्सड प्रविधिसँग जोडेर काम गर्न सहज वातावरण सिर्जना गर्ने लक्ष्य राखेको छ । यसलाई टिम्सले फल्युड फ्रेमवर्क पनि नाम दिएको छ ।

माइक्रोसफ्टका पार्टनर एसेन्चुअर, फ्रेम डटआईओ र हेक्जागनले टिम्समा लाइभ सेयर एक्सपेरियन्स बनाउन सुरु गरिसकेको कम्पनीले बताएको छ । धेरैले रिमोर्ट वर्क गर्न थालेकाले पनि यो फिचर उपयुक्त हुने देखिन्छ ।