कीवर्डहरू -

राकुटेन भाइबरले ल्यायो भाइबर बिजनेस मेसेजहरूका लागि तीन महिनाको ‘फ्री ट्रायल’

राकुटेन भाइबरले ल्यायो भाइबर बिजनेस मेसेजहरूका लागि तीन महिनाको ‘फ्री ट्रायल’

कम्यूनिकेसनमा विश्वमै अगाडि रहेको  राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ । कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको उद्देश्य हो ।

संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने प्रत्येक सेवारसुविधाको केन्द्रमा रहेको जनाइएको छ । व्यवसायहरूले प्रोमो अवधिमा ग्राहकहरूसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजनेस मेसेज निःशुल्क प्रयोग गर्न सक्ने राकुटेन भाइबरले जनाएको छ ।

ट्रायल पहिलो पटक कन्भर्सेशनल मेसेजहरू पठाउने कुनै पनि नयाँ वा अवस्थित बिजनेस मेसेज खातामा उपलब्ध गराइएको छ । यस प्रोमो जुन ३० २०२२ सम्म ग्लोबल मार्केटहरूमा रहने जनाइएको छ । यस अवधिमा पहिलो पटक कन्भर्सेशनल मेसेज पठाउने कुनै पनि ब्राण्डले पहिलो मेसेजको मितिदेखि यो सुविधा ९० दिनसम्म  निःशुल्क  प्राप्त गर्ने छ ।

भाइबरमा सेसनको हिसाबमा “कन्भर्सेसनल मेसेजहरूको हिसाब राखिने छ । एक सेसन २४ घण्टाको हुन्छ, जसमा ब्राण्ड र प्रयोगकर्ताहरूले संवादको बखत बहुसङ्ख्यामा मेसेज आदानप्रदान गर्न सक्नेछन् —यस समयावधिमा एउटा ब्राण्डले ६० वटा मेसेजसम्म पठाउन सक्नेछ ।

यस सेसन प्रयोगकर्ताले ब्राण्डलाई मेसेज पठाएपश्चात सुरु हुनेछ तर ब्राण्डलाई भने प्रयोगकर्तालाई जवाफ लेखेपछि मात्र शुल्क लाग्ने छ । सेसनले ब्राण्ड र प्रयोगकर्तालाई वास्तविक कुराकानी गर्न मद्दत गर्छ —संवाद जसले ब्राण्डलाई आफ्ना समस्याहरू हल गर्दै ग्राहक श्रोतासँग सम्बन्ध गाँस्न मद्दत गर्छ ।