कीवर्डहरू -

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

यी १३ ठाउँमा जुनसुकै बेला पनि बन्द हुन सक्छ इन्टरनेट

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले १३ ठाउँमा जुनसुकै बेला पनि इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।

एक सूचना प्रकाशित गर्दै आस्पानले इलाम, विराटनगर खोटाङ, गाइघाट, इनरूवा, धरान, दुवही, लहान, डोटी, भैरहवा, ताँडी, विराटचोक र रंगोलीमा कुनै पनि बेला  इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको हो ।

नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढंगले इन्टरनेट प्वाइन्ट, डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेको घरबेटी समेतको विद्युत लाइट काटिरहेको आइस्पानको भनाइ छ ।

माथिका १३ ठाउँमा प्राधिकरणले लाइन काटेपछि त्यहाँ ब्याकअप सिस्टम प्रयोग भइरहेको संघले जानकारी दिएको छ । ब्याकअप सिस्टमले धान्न छोडेपछि इन्टरनेट माथिका स्थानमा जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने आस्पानले बताएको छ ।

साथै आईस्पानले नेपाल सरकारले उच्चस्तरीय समितिको प्रतिवेदन अनुसार पोल भाडा तिर्न तयार रहेको समेत जनाएको छ ।