कीवर्डहरू -

सीजीले नेपालमा भित्र्यायो विद्युतीय गाडी ‘नेटा भी’, कति छ मूल्य ?

सीजीले नेपालमा भित्र्यायो विद्युतीय गाडी ‘नेटा भी’, कति छ मूल्य ?

सीजी मोटर्सले नेपालमा विद्युतीय गाडी भित्र्याएको छ । चिनियाँ विद्युतीय ब्राण्ड नेटाको गाडी नेपाली सार्वजनिक गर्दै सीजी मोटर्स विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको हो ।

सीजी मोटर्सले पहिलो चरणमा नेपाली बजारमा नेटा भी कार ल्याएको छ । नेटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ ।

यसको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा प्रयोग भएको ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको छ ।

यो कारमा गर्मी वा जाडो मौसममा समेत ब्याट्रीको दक्षता कम नहोस् भनेर अटोमेटिक हिटिङ तथा कुलिङ प्रणाली राखिएको छ ।

सीजी मोटर्सले सुरुमा नेपाल ल्याएको नेटा भीले एक पटकको फुल चार्जमा ३८० बढी किलोमिटर रेन्ज दिने जनाइएको छ ।

यसमा प्रयोग भएको ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेट मात्र लाग्ने छ । नेटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो ।

नेटा भी नेपाली बजारमा विभिन्न ५ रंगमा उपलब्ध छ । नेपालमा नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।