कीवर्डहरू -

एन्ड्रोइडबाट आईफोनमा अब ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

एन्ड्रोइडबाट आईफोनमा अब ह्वाट्सएपको च्याट हिस्ट्री ट्रान्सफर गर्न सकिने

ह्वाट्सएप प्रयोगकर्ताहरुले अब च्याट हिस्ट्री एन्ड्रोइडबाट आईफोनमा ट्रान्सफर गर्न सक्ने भएका छन् । मेटाको संस्थापक मार्क जुकरबर्गले मगंलबार ह्वाट्सएपमा अब सुरक्षित रुपमा च्याट हिस्ट्री, फोटो, भिडियो र अरु कन्टेन्ट एन्ड्रोइड देखि आईफोेनमा ट्रान्सफर गर्न सक्ने बताएका थिए ।

यो फिचर बेटाको रुपमा विस्तारै रोलआउट भईरहेको छ । सबै प्रयोगकर्ताले फिचर पाउन कम्तीमा पनि एक हप्ता लाग्ने भएको छ ।

यो फिचर धेरै पहिलादेखि प्रयोगकर्ताहरुले माग गरिरहेको फिचर हो । दुई डिभाइस बिच ट्रान्सफर गर्दा पनि एपले एण्ड टू एण्ड इन्क्रिप्सनलाई मान्नेछ ।