कीवर्डहरू -

टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक, के के पाइन्छन् नयाँ सुविधा ? 

टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक, के के पाइन्छन् नयाँ सुविधा ? 

टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक भएको छ । टेलिग्रामको आईओएस र एन्ड्रोइड प्रिमियन भर्सन सार्वजनिक भएको हो ।

प्रिमियम भर्सनको शुल्क मासिक ४.९९ डलर तोकिएको छ । टेलिग्राम प्रिमियममा थप सुविधाहरू उपलब्ध हुनेछन् । प्रमियम प्रयोगकर्ताले अब टेलिग्राममा ४ जीबीसम्मको फाइल पठाउन सक्ने छन् ।

टेलिग्रामको प्रिमियस सुविधामा लिमिट पनि अपग्रेड गरेको छ । प्रिमियम प्रयोगकर्ताले अब १ हजार च्यानललाई फ्लो गर्न सक्नेछन् भने १० च्याट पिन, २० पब्लिक लिंक र ४०० जीआईएफ पठाउन सक्नेछन् ।

टेलिग्राममा प्रिमियम प्रयोगकर्ताले ‘फास्टर डाउनलोड’ को सुविधा पनि प्रयोग गर्न सक्नेछन् । यसका साथै प्रिमियम प्रयोगकर्ताले भ्वाइस म्यासेजलाई टेक्स्टको रूपमा कन्भर्ट गर्न सकिने छ ।

त्यस्तै प्रिमियम प्रयोगकर्ताले फुल स्क्रिन एनिमेसनसहितको स्टिकर र १० नयाँ रियाक्सन पनि पाउने छन् ।

यसका अलवा च्याट म्यानेजन्ट, एनिमेटेड प्रोफाइल पिक्चर, प्रिमियम ब्याच, प्रिमियम एप आईकन, नो एड्स जस्ता सुविधा पनि प्रिमियम प्रयोगकर्ताले पाउनेछन् ।

टेलिग्राम विश्वको लोकप्रिय म्यासेजिङ प्लेटफर्म हो । टेलिग्राम मासिक ७० करोड प्रयोगकर्ताले प्रयोग गरिरहेका छन् ।