कीवर्डहरू -

नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छः विलियम झाङ

नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छः विलियम झाङ

आईसिटी अब आर्थिक विकासको ड्राइभिंग फोर्स हो । आईसिटीको प्रगतिद्वारा निर्देशित अर्को औद्योगिक क्रान्ति हामी माझ आइसकेको छ ।

तर यो क्रान्ति ग्रीन रिभोलुसन अर्थात हरित क्रान्ति हुनेछ, जहाँ कार्बनडाइअक्साइड उत्सर्जन घटाउनु हाम्रो हरेक कामको केन्द्रबिन्दु हुनेछ । महामारीपछिको रिकभरिलाई डिजिटल अर्थतन्त्रले बढावा दिनेछ ।

२०२० मा विश्वको जीडीपी २.८ प्रतिशतले घट्यो तर आइसिटी लगानी ५ प्रतिशतले बढेको छ । सन् २०२५ सम्ममा विश्वको अर्थतन्त्रको ५० प्रतिशतले डिजिटल अर्थतन्त्रमा परिणत हुने अपेक्षा गरिएको छ । आइसिटी उद्योगसँग सम्बन्धित हाम्रा लागि यो रोमाञ्चक समय हो ।

नेपालमा हरेक व्यक्ति, घर र संस्थामा डिजिटल पुर्‍याउने लक्ष्यका साथ आईसिटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नवीनतम प्रविधिहरू परिचय गराउन प्रतिबद्ध रहेको छ ।

कनेक्टिभिटी र कम्प्युटिङ डिजिटल अर्थतन्त्रको आधारशिला हुनेछ, जुन फाइभजी, एफ५जी, आईओटी, क्लाउड र एआईद्वारा संचालित हुनेछ । हामी नेपाली बजारमा यी प्रगतिहरू परिचय गराउने सम्भावनाले उत्साहित छौं ।

हामीले ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टर, क्लाउड र कम्प्युटिङ र हाम्रो ग्लोबल सोध तथा विकास टोलीले विश्वसामु प्रस्तुत गर्दै आएको हरेक नयाँ इनोभेसनको माध्यमबाट नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्न सबै आइसिटी सरोकारवालाहरूसँग साझेदारी गर्ने लक्ष्य राखेका छौं ।

डाटा विश्वको सबैभन्दा मूल्यवान रिसोर्स बन्ने बित्तिकै स्थानीयकरण एक नयाँ प्रवृत्ति भएको छ । हामी आशा गर्छौं कि नेपालले पनि क्रस–बोर्डर सूचना प्रवाह र डाटा सुरक्षा र डाटा गोपनीयतामा विशेष ध्यान केन्द्रित गर्ने डाटा उद्योग रणनीति र नीतिहरू लागू गर्नेछ ।

नेपालका लागि भरपर्दो र सुरक्षित सार्वभौम डाटा सेन्टर हुनु अहिलेको आवश्यकता हो । यो नेपाली नागरिकको तथ्यांक सङ्कलन र संरक्षण गर्न मात्रै होइन एकीकृत सरकारी सेवाहरू उपलब्ध गराउन र साँच्चै डिजिटल नेपालको आधारशिलाको रूपमा काम गर्न पनि आवश्यक छ ।

लो–कार्बन र दिगो समाजको कल्पना आईसिटी उद्योगलाई अपनाएर र पूर्ण रूपमा अँगालेर मात्र गर्न सकिन्छ । नेपालका दुर्गम कुनामा पनि ब्रोडब्यान्ड कनेक्टिभिटि अत्यावश्यक भइसकेको छ । चाहे त्यो विदेशमा रहेका आफन्तहरूसँग भिडियो कल गर्न होस्, अनलाइन सिक्न होस् वा मोबाइल भुक्तानीका लागि होस् । डिजिटल कनेक्टिभिटीले व्यक्ति, साना व्यवसाय र उद्योगहरूलाई सशक्त बनाउँदैछ ।

नेपालमा डिजिटल रूपान्तरणको प्रचुर सम्भावना छ तर त्यसका लागि नेपालका हरेक दुर्गम कुना पनि जोडिनुपर्छ । साथै सेवाको गुणस्तरमा सम्झौता गर्न सकिँदैन । म नेपालका नीतिनिर्माताहरुको भिजनमा विश्वास गर्दछु । मलाई नेपालका युवाहरूको प्रतिभा र सीपमा ठूलो विश्वास छ ।

हाम्रो “लाइटिंग अप द फ्युचर” प्रदर्शनीमा हामी जीवनलाई अझ राम्रो बनाउन, व्यवसायहरूलाई स्मार्ट र समाजलाई थप समावेशी बनाउन मद्दत गर्ने समाधानहरू खोजिरहेका छौं ।

हाम्रो आईसिटी प्रविधिले संसारलाई अझ हरित र थप दिगो स्थान बनाउन कसरी मद्दत गरिरहेको छ भन्ने कुरा खुलाउन पाउँदा हामी धेरै खुसी छौं । मेरा सहकर्मीहरूले हाम्रो प्रदर्शनीमा ह्वावेका सबै लेटेस्ट प्रविधिका व्यावहारिक एप्लिकेसनहरू प्रदर्शन गर्दैछन् र खुशीसाथ तपाईंका जिज्ञासा मेटाउन प्रयास गर्नेछन् ।

ह्वावे डिजिटल नेपाल कनक्लेभ २०२२ संयुक्त रूपमा आयोजना गर्न पाउँदा हामी खुसी छौं । अन्तमा, म के भन्न चाहन्छु भने ह्वावे “नेपालमा, नेपालको लागि” हो र सबै ३ करोड नेपाली नागरिकहरूलाई सेवा दिन तयार छ । हामी एकजुट भई भविष्य उज्यालो पार्न सक्छौं ।

(डिजिटल नेपाल कन्क्लेभ २०२२ मा ह्वावे नेपालको तर्फबाट सीईओ विलियम झाङले राखेकाे मन्त्व्यकाे सम्पादित अंश)