कीवर्डहरू -

टिकटकसँग प्रतिस्पर्धा गर्न रिडिजाइन हुँदै फेसबुक

टिकटकसँग प्रतिस्पर्धा गर्न रिडिजाइन हुँदै फेसबुक

टिकटकसँग प्रतिस्पर्धा गर्न फेसबुक रिडिजाइन हुने भएको छ । फेसबुकले ठूलो रिडिजाइन गर्ने योजना बनाईरहेको छ ।

मार्क जुकरबर्गले पहिले देखिनै युवावर्गलाई आकर्षित गर्नका लागि सबैभन्दा उच्च प्राथमिकतामा टिकटकसँग प्रतिस्पर्धा गर्नु हो भनेर बताउँदै आएका छन् ।

कम्पनीले रिडिजाइनको क्रममा पेज, क्रियटर र  फलो नगरेको मान्छेहरुलाई बढि महत्व दिने भएको छ । फेसबुकलाई संस्थापकहरले डिस्कभरी इन्जिनमा परिणत गर्न खोजिरहेका छन् ।

यो टिकटकको फर यू फिड जस्तै हुनेछ । यो सबै परिवर्तन कहिले आउँछ भन्ने बारे मेटाले केही पनि बताएको छैन् । एपले नकारात्मक अनुभव कम गर्ने, विश्वसनीय बन्ने, मानिस केन्द्रित रहने र एकीकृत रहने लक्ष्य लिएको छ ।