कीवर्डहरू -

ट्विटरमा अब लामो लामो नोटहरू लेख्न सकिने, २८० शब्दको सिमा हट्दै

ट्विटरमा अब लामो लामो नोटहरू लेख्न सकिने, २८० शब्दको सिमा हट्दै

अब ट्विटरमा लामो लामो नोटहरू लेख्न सकिने भएको छ । यसका लागि ट्विटरले ‘नोट्स’ फिचर परीक्षण गरिरहेको छ ।

यसले प्रयोगकर्ताहरुलाई आफ्नो लेखहरु ट्विटरमा शेयर गर्न दिनेछ । अहिलेसम्म ट्वीटरमा २८० वर्ड क्यारेक्टर सिमा रहेको छ तर नोट्स फिचर सार्वजनिक भएमा २८० शब्दभन्दा बढी क्यारेक्टर लेख्न सकिने छ ।

अहिलेसम्म मान्छेहरुले लामो टेक्स्टको स्क्रीनसट सेयर गर्ने हुनाले ट्वीटरले यो फिचर ल्याउन भएको हो । यो फिचरको जाँच क्यानेडा, घाना, बेलायत र अमेरिकामा जाँच भईरहेको छ । यसले प्रयोगकर्ताहरुलाई एपमा लामो समयसम्म पनि राख्ने ट्वीटरको सोच रहेको छ ।

लामो टेक्स्ट पढ्न प्रयोगकर्ताहरुले लामो समय लाग्ने हुँदा एप प्रयोग गर्ने समय पनि बढनेछ । यो फिचर परिक्षण चरणमा दुई महिनासम्म रहनेछ ।