कीवर्डहरू -

क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्दै भैरव टेक्नोलोजी

क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्दै भैरव टेक्नोलोजी

लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्ने घोषणा गरेको छ ।

साइबर सुरक्षालाई महत्व दिने हर एक कम्पनीका लागि यो प्रडक्ट लाभदायी हुने कम्पनीको भनाइ छ । यसमा नवीन किसिमको सुरक्षा कन्ट्रोल र मनिटर, डिटेक्ट र रिस्पोन्ड गर्नका लागि प्रणली हुनेछ ।

भैरव टेक्नोलोजीका सिईओ बिजय लिम्बुलेले पछिल्लो समय नेपालमा पनि विभिन्न महत्वपूर्ण क्षेत्रहरुमा साइबर आक्रमण बढ्दै गईरहेको समयमा ट्रिडेन्टले सुरक्षाको पूर्वाधार विकास गर्न एकदमै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

ट्रिडेन्ट प्रयोग गर्दा २४ सै घण्टा सातै दिन आईटी टिमले तपाईको संस्थाको सुरक्षाबारे निगरानी गरिरहने पनि कम्पनीले बताएको छ । किफायती मूल्यमा यो एक राम्रो सेवा रहेको पनि लिम्बुले बताए ।