कीवर्डहरू -

फेसबुकले ग्रुपका लागि डिस्कर्ड जस्तै अडियो च्यानल फिचरको परीक्षण गर्दै

फेसबुकले ग्रुपका लागि डिस्कर्ड जस्तै अडियो च्यानल फिचरको परीक्षण गर्दै

फेसबुकले ग्रुपहरुका लागि डिस्कर्ड जस्तै अडियो च्यानल फिचरको जाँच गरिरहेको छ । ग्रुपहरुका लागि पहिले पनि फेसबुकको रुम भन्ने अडियो फिचर रहेको छ तर यो अडियो च्यानल फिचर हल्का भिन्न छ ।

रुम एकपटकको अडियो च्याटका लागि हुने गर्दछ भने अडियो च्यानलमा जुनसुकै समय ग्रुपका सदस्यहरु एकअर्कासँग कुरा गर्न सक्छन् । यो फिचर डिस्कर्डको जस्तै रहेको छ ।

कम्पनीले फेसबुक ग्रुप अन्तर्गत सब ग्रुप बनाउने फिचरको पनि परीक्षण गरिरहेको छ । कम्पनीले रिडिजाइनका लागि काम गरिरहेको यी सबै फिचरहरु एपमा आउने भएका हुन् ।