कीवर्डहरू -

ह्वाट्सएपमा अब अनलाइन स्टाटस हटाउन सकिने

ह्वाट्सएपमा अब अनलाइन स्टाटस हटाउन सकिने

ह्वाट्सएपले चाँडै अनलाइन स्टाटस हटाउन दिने भएको छ । वाबेटाइन्फोको अनुसार प्रयोगकर्ताह्रुले चाँडैनै आफ्नो अनलाइन स्टाटस लुकाउन सक्ने भएका छन् ।

वाबेटाइन्फोले स्क्रीनसट सेयर गर्दै एउटा नयाँ गोपनीयता सेटिङको बारेमा बताएको छ, जसले एप चलाउँदा कुन प्रयोगकर्तालाई आफू अनलाइन भएको नदेखाउने भनेर लुकाउन दिनेछ ।

कम्पनीले अप्रिलमा माई कन्ट्याक्ट्स एक्सेप्ट सेटिङ भन्ने बेटा फिचर पनि ल्याएको थियो, जसले केही सम्पर्कहरुलाई छानेर अनलाइनको आइकन लुकाउन दिन्छ । तर यस फिचरमा एउटा समस्या पाइएको छ  ।

मेसेज सिन गरेको लुकाएता पनि यस फिचरले गर्दा कुन समय मेसेज सिन भयो भनेर हेर्न सकिन्थ्यो । नयाँ आएको फिचरले भने लास्ट सिन स्टाटस पनि बन्द  गर्न दिने गर्दछ ।