कीवर्डहरू -

 अब ट्विचमा विज्ञापन नहेरेरै अरूको च्यानल प्रिभ्यू हेर्न सकिने

 अब ट्विचमा विज्ञापन नहेरेरै अरूको च्यानल प्रिभ्यू हेर्न सकिने

ट्वीचमा अब विज्ञापन नहेरेरै अरुको च्यानल प्रिभ्यू हेर्न सकिने भएको छ । यसका लागि कम्पनीले सो फिचरको परीक्षण गरिरहेको छ ।

यो फिचरले गर्दा तपाईलाई पहिला थाहा नभएको राम्रो राम्रो स्ट्रीमरहरुसँग तपाईले भेट गर्न सक्नुहुनेछ । चयानल स्वीचरले तपाईको स्क्रीनको तल्लो भागमा अरू च्यानलहरुको सुझाव दिने गर्दछ ।

अब नयाँ फिचरले गर्दा ती भिडियोहरुमा क्लिक गर्याे भने एक मिनेटसम्मको प्रिभ्यू हेर्न सकिनेछ । यसले कुनै च्यानलले कुन सन्दर्भमा कन्टेन्ट दिन्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ ।

यी प्रियभ्यूमा कुनै पनि विज्ञापन पनि हुँदैन् । यसले तपाईको समय खपत पनि बचाउँछ किनभने प्रिभ्यूबाटै तपाईलाई मनपर्ने कन्टेन्ट हो की होइन भनेर थाहा पाउन सकिन्छ ।