कीवर्डहरू -

हजारौं एन्ड्रोइड फोनमा मालवेयर संक्रमण गर्ने चार एप गूगल प्ले स्टोरबाट डिलिट

हजारौं एन्ड्रोइड फोनमा मालवेयर संक्रमण गर्ने चार एप गूगल प्ले स्टोरबाट डिलिट

चार ओटा एन्ड्रोईड एपले हजारौँ एन्ड्रोइड डिभाइसहरुलाई मालवेयर संक्रमण गरिरहेको थाहा भएपछि गूगल प्ले स्टोरबाट हटाइएको हो ।

यी एपहरु एकीकृत रुपमा एक लाख भन्दा बढी डाउनलोड भइसकेको पाइएको छ । यी चार ओटा एप प्राडिओमा रहेका साइबर सुरक्षा अन्वेषकहरले पत्ता लगाएका हुन् ।

यी एपहरुले जोकर मालवेयर पठाईरहको पाइएको छ । अन्वेषकहरुले मालवेयर पाएपछि तुरुन्तै गूगललाई जानकारी गराएका थिए र गूगलले प्लेस्टोरबाट सो एपहरुबाटछ हटाईदिएको छ ।

गूगलले स्मार्ट एसएमएस मेसेजेज, ब्लड प्रेसर मनिटर, भ्वाइस लैंग्वेज ट्रान्सलेटर र क्वीक टेक्स्ट एसएमएस एप हटाएको छ । गूगलले यी एप डाउनलोड गरेका प्रयोगकर्तालाई तुरुन्तै आफ्नो डिभाइसबाट एप हटाउन समेत आग्रह गरेको छ ।

यी एपहरुलाई कुनै समयमा मालवेयरमा परिमार्जन गरिएको हो भनेर अन्वेषकहरुले पनि पत्ता लगाउन सकेका छैनन् । जोकरले विशेषगरी विज्ञापन र एप भिनै कुनै सामानमा ठगी गरेर कमाउने गर्दछ तर यसले यति मात्रै नगरेर तपाईको डिभाइसमा अरु एपहरु प्नि आफै इन्स्टल गरिदिन सक्छ ।