कीवर्डहरू -

३० लाख पटक डाउनलोड भएका एन्ड्रोइड एपहरुमा मालवेयर

३० लाख पटक डाउनलोड भएका एन्ड्रोइड एपहरुमा मालवेयर

३० लाख पटक डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा मालवेयर फेला परेको छ । यी एपहरुले सब्सक्राइबरहरुलाई प्रिमियम सेवा पनि दिदै आएका थिए ।

आठ ओटा एप मध्य दुई एपहरुको नाम केली टेकको फन्नी क्यामेरा जसलाई ५ लाख चोटि डाउनलोड गरिएको छ र अर्काे एपको नाम रेजर किबोर्ड एण्ड थिम रहेको छ जसलाई ५० हजार इन्स्टल गरिएको छ ।

यसअघि नै गूगलले ६ ओटा एपहरु हटाएको थियो भने अहिले यी बाँकी दुई ओटा एप पनि आफ्नो प्ले स्टोरबाट हटाईदिएको छ । यी एपहरुमा अटोलिकोस नामक मालवेयर फेला परेको हो । यो मालवेयर एभिना सेक्युरिटीको अन्वेषक म्याक्जिम इन्ग्राओले पत्ता लगाएका हुन् ।

इन्ग्राओसँग ब्लिपिङ कम्प्युटरको छलफलमा उनले यो म्यालवेयरलाई सन् २०२१ को जुनमै भेटाएको र त्यही समय गूगललाई रिपोर्ट गरेको बताएका थिए । तर यस बारे गूगलले प्रतिक्रिया दिन कम्पनीले ६ महिना लिएको उनले बताएका छन् ।

६ महिनामा पनि ६ ओटा एप हटाइएका थिए र अन्तिम दुई ओटा एपलाई कम्पनीले दुई दिन अगाडि मात्रै हटाएको हो । यो मालवेयरले गर्दा एपहरुले पिडीतको एसएमएस टेक्स्ट मेसेज पनि पढ्न सक्छन् । अब यी सबै एप गूगल प्ले स्टोरमा उपलब्ध छैनन् ।