कीवर्डहरू -

अत्याधिक माग रहेको मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध, ग्रे मार्केट बढ्नेमा व्यवसायी चिन्तित

अत्याधिक माग रहेको मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध, ग्रे मार्केट बढ्नेमा व्यवसायी चिन्तित

काठमाडौं । सरकारले मिडरेन्ज फोनको आयात प्रतिवन्ध गरेको छ । असार ३१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै भदौं १४ सम्मका लागि ३ सय अमेरिकी डलरभन्दा महंगो मोबाइल फोन आयातमा रोक्का गरेको हो ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै विलासी बस्तुको आयात रोक्न सरकारले विभिन्न शिर्षकका बस्तुमा लामो समयदेखि प्रतिबन्ध लगाउँदै आईरहेको छ ।

यसअघि पनि सरकारले बैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्मका लागि ६ सय डलरभन्दा महंगो फोनको आयातका लागि प्रतितपत्र नखोल्न बैंकहरुलाई निर्देशन जारी गरेको थियो ।

अघिल्लो पटक सरकारले न्युनतम माग हुने हाईरेन्ज फोनमा प्रतिबन्ध लगाउँदा बजारमा खासै संकट उत्पन्न भएको थिएन ।

तर यसपटक भने सरकारले बजारमा अत्याधिक माग रहने मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध लगाएपछि फोनको कालोबजारी बढ्नेमा आधिकारिक विक्रेताहरु चिन्तित छन् ।

तर सरकारले यसअघि नै बैंकिङ माध्यमबाट पैठारीका लागि प्रकृति सम्पन्न भईसकेका ३ सय देखि ६ सय अमेरिकी डलरसम्म मूल्य भएका मोबाइल सेटको हकमा यो व्यवस्था लागू नहुने बताएको छ ।